अर्थविद् र व्यावसायी भन्छन् अर्थतन्त्र उकास्न सबै मिलेर अगाडी बढ्नुको विकल्प छैन्

0
679

काठमाण्डौ, असोज २६ :अर्थविद् र व्यावसायीले कोरोना महामारीमा सबै मिलेर सामाना गर्नुको विकल्प नभएको बताएका छन् । अर्थतन्त्रमा पारेको प्रभाव र यसको पुनस्थपनाको लागि युवा सजगता अभियानले अर्थविद् र व्यवसायीसंग भचुअल माध्यमबाट अन्तरक्रिया उनिहरुले त्यस्तो भनाई व्यक्त गरेका हुन् ।
युबा जागरण (सजगता) अभियानको आयोजनामा आइतवार भएको कोभिड १९ आर्थिक चुनौती र समाधान अन्तरक्रियामा अर्थविद् प्रा डा विश्वम्भर प्याकुरेल, व्यवसायी राजेन्द्र खेतान र अर्थविद् प्रा डा केशब भट्टराई सहभागी थिए ।
प्रा डा. प्याकुरेलले कोभिडले देशको अर्थतन्त्र सिथिल बनाएको बताए । सतर्कता अपनाएर काम गरेको अवस्थामा अर्थतन्त्रलाई रिकभरी गर्न सकिने अवस्था रहे पनि सरकारी पक्षले त्यतातर्फ ध्यान नदिएको उनले बताए ।
प्रा डा. प्याकुरेलले सन् २००८ को आर्थिक मन्दीभन्दा बढि प्रभाव अहिले कोभिड १९ पछिको तीन हप्तामा नै परेको बताए । कोरोनाको संक्रमण कहिलेसम्म रहने अन्योल भएको कारणले पहिला मानव जीवन, त्यसपछि अर्थतन्त्रलाई पनि कसरी जोगाउने भन्ने चिन्ता रहेको बताए । कोभिडले सबैभन्दा अनौपचारिक क्षेत्र मारमा परेको बताए । अर्थतन्त्रमा अनौपचारिक क्षेत्रको योगदान दुईतिहाई रहेको, ७० प्रतिशत रोजगारी पनि यही क्षेत्रले दिएको, तर यही क्षेत्र सबैभन्दा बढि मारमा पर्दा अर्थतन्त्रसँगै आम नागरिकको जीवनमा गहिरो प्रभाव परेको बताउँदै उनले यसको क्षति कम गर्दै लैजान सरोकारवालाबीच छलफल चलाउनुपर्ने, सरकारले पनि त्यसतर्फ बढि ध्यान दिनुपर्नेमा त्यो हुन नसकेको उनको भनाई छ ।
डा. प्याकुरेलले विश्वव्यापीरुपमा मानिसहरुमा तरलता बढेको देखिए पनि लगानी ठप्पजस्तै रहेको आर्थिक पुनस्थापनातर्फ राज्यको लगानी नबढ्दा निजी लगानी बढाउन कठिन हुने बताए । उनले पाँच सय गुणा बढी स्रोत अहिलेको क्षति व्यवस्थापन गर्न चाहिने अन्तर्राष्ट्रिय संस्थाहरुले बताएको पनि सुनाए । हरेक क्षेत्रमा महंगी बढ्दा र माग बढ्न नसक्दा बैंकिङ क्षेत्रले पनि लगानी बढाउन नसकेको प्याकुरेलले बताए ।
उनले साउनमा एक महिना विप्रेषण धेरै आयो भनेर रमाउने अवस्था छैन भन्दै रेमिटान्स अब घटेर जाने बताए । कोरोनाका कारण सरकारले विदेशी ऋणमाथि ऋण थप्दा नेपाली मुद्रा ९.१५ प्रतिशतले अबमूल्यान भएको बताए । कोभिडका कारण विकास आयोजना र कार्यक्रमको बजेट पनि खर्च नहुने, पारदर्शीता पनि नहुने अवस्थाले भोलि भोकमरीको अवस्था आयो भने पनि अनौठो हुँदैन भन्दै प्याकुरेलले यसको सुधारका लागि हालको प्रणालीमै आमुल परिवर्तन र भ्रष्टाचार नियन्त्रण तथा सुशासन कायम हुनुपर्ने बताए ।
व्यवसायी राजेन्द्र खेतानले कोभिड १९ले अर्थतन्त्रमा नकरात्मक असर पारेपनि नकरात्मकका विच केही सकरात्मक असर समेत परेको बताए । ‘कोभिडका विच बैंकहरुले ऋणमा सहजीकरण गर्नुका साथै ब्याजदर घटेको, अनलाइन प्रणालीको विस्तारले मानिसको जीवनमा सहजता ल्याएको जस्ता कुरा सकारात्मक हुन्,’ उनले भने । मानिसको हिंडडुल, वस्तु तथा मुद्राको विनियम मानिसहरुको कानुनी अधिकार पनि भएकाले त्यसलाई सहज बनाउन सकियो भने पनि आर्थिक गतिविधि कायम राख्न सहयोग पुग्ने बताए । नेपालले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धीभन्दा पनि तुलनात्मक लाभका क्षेत्रलाई प्रवद्र्धन गर्न ध्यान दिनुपर्ने खतानको भनाई छ ।
उनले चीनको बेइजिङ र भारतको बैङलोरलाई जोड्ने गरी नेपालले सेतुको रुपमा ‘बेइजिङ टू बैङलोर’ अभियान चलाउनुपर्ने बताए । ‘खेतानले श्रीलंका, भुटान, बैंगलादेशसँग पनि व्यापार र कनेक्टिभिटि विस्तारका लागि नेपालले प्रयास गर्नुपर्छ,’ उनले भने ।
अर्थविद् प्रा डा केशब भट्टराईले समग्र अर्थतन्त्रमाथि नै ठूलो संकट आएको बेलामा मुलुकभित्र उत्पादन वृद्धि र विशेषगरी चीन र भारतबाट प्रत्यक्ष वैदेशक लगानी भित्राउन नेपालले प्रयास गर्नुपर्ने बताए । कोभिडले साना मझौला उधोगहर झनै समस्यामा परेको बताए । नेपालमा अप्रत्यक्ष कर बढेको कारण महंगी बढ्ने अवस्थाले आम नागरिक मर्कामा परेको बताए । सबै राजनीतिक दल मिलेर अगाडी बढ्नुपर्ने उनले बताए । सरकारी तथा सार्वजनिक संस्थाहरुलाई कार्यकर्ताको भर्तीकेन्द्र भन्दापनि यसलाई सक्षम व्यक्तिहरुलाई आउन दिनुपर्ने उनले बताए । ‘हरेक क्षेत्रको भएको भ्रष्टचारलाई अन्त्य गरेर प्राकृतिक स्रोत र साधनको आर्थिक संसाधनको समुचित प्रयोग गर्न जरुरी छ,’ उनले भने ।
युवा जागरण (सजगता) अभियानका संयोजक इन्जिनियर चिन्तन पौडेलले कोभिडका कारण अर्थतन्त्र कमजोर बनेको कारण आर्थिक क्षेत्रका विज्ञहरुलाई भचुअल प्रविधिबाट कोरोनाले अर्थतन्त्रमा पारेको प्रभावर र समाधानका विषयमा अन्तरक्रिया गरिएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here