अाज मध्यरातमा लाग्दैछ शताब्दीकै लामो खग्रास चन्द्रग्रहण, यी राशि भएकाले हेर्दा राम्राे हुने

0
628

काठमाडौँ   । अाज राति यो शताब्दीकै लामो खग्रास चन्द्रग्रहण लाग्दै छ । ३ घण्टा ५५ मिनेट रहने ग्रहण नेपालबाट देख्न सकिन्छ । राति १२ बजेर ९ मिनेटमा ग्रहण सुरु हुनेछ भने १ बजेर १५ मिनेटमा चन्द्रमा पूरै ढाकिनेछ ।

४ बजेर ४ मिनेटमा ग्रहण सकिनेछ । राति सवा १ बजेदेखि ३ बजेसम्म भने चन्द्रमा हल्का रातो रङको देखिनेछ । यसलाई ‘ब्लड मुन’ भनिन्छ ।

‘अब यस्तो ग्रहण आउन १०५ वर्ष कुर्नुपर्छ’,वरिष्ठ खगोलविद् तथा वाल्मीकि विद्यापीठका उपप्राध्यापक जयन्त आचार्यले भने, ‘अाज मध्यरातमा लाग्ने चार घण्टाको खग्रास चन्द्रग्रहण शताब्दीकै सबैभन्दा लामो हो।’

उनका अनुसार सामान्यतः बढीमा तीन घण्टासम्म ग्रहण लाग्छ। पृथ्वीको छायाले पूरै चन्द्रविम्ब छेकिने भएकाले यसलाई खग्रास चन्द्रग्रहण भनिएको हो। खगाेलविद्हरूका अनुसार संसारका विभिन्न देश र नेपालबाट पनि ग्रहण देख्न सकिनेछ।

‘क्यानडा तथा अलास्काबाहेक सबै देशमा यो ग्रहण देखिनेछ’,अाचार्यले भने, ‘माैसमले साथ दिए नेपालका सबै भू–भागमा पूरै अवधि ग्रहण हेर्न सकिनेछ।’ यो ग्रहण टेलिस्कोप, वाइनाकुलर, क्यामेरा वा अरु कुनै सामग्रीमार्फत हेर्दा अाँखालाई असर नगर्ने उनले बताए। ने

नेपाल एस्ट्रोनोमिकल सोसाइटीले गौशालामा रहेका तीनवटा टेलिस्कोपबाट ग्रहण हेर्न चाहनेका लागि विशेष व्यवस्था मिलाइएको जनाएको छ ।

कुन राशिलाई कस्तो फल?

फलित ज्योतिषमा विश्वास राख्नेहरूहरूका लागि  पञ्चा‌ंगहरूले शुक्रबार देखिने खग्रास चन्द्रग्रहणकाे फल बताएका छन्। मेष, सिंह, वृश्चिक तथा मीन राशि भएका मानिसले हेर्न सक्नेछन्। वृष, मिथुन, कर्कट, कन्या, तुला, धनु, मकर र कुम्भ राशिकाले हेर्न नहुने नेपाल पञ्चा‌ग निर्णायक समितिबाट स्वीकृति पाएका पञ्चा‌ंगहरूले उल्लेख गरेका छन्।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here