आज गुरु पूर्णिमा

0
883

काठमाडौं, असार २१ः असार शुक्ल पूर्णिमाको दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने तथा शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरुपूर्णिमा मनाइदै छ।

गुरुलाई हिन्दु धर्मशास्त्रले ब्रह्मा, विष्णु र महेश्वरको तीन अवतारका रुपमा समेत मान्ने गरेको छ । त्यसैले त मातापिताजस्तै गुरुलाई पनि समान मान्यार्थको भावले हेरिन्छ ।

ज्ञानको प्रकाशल अज्ञानताको अन्धकार नाश गराउने र त्यसमा सहयोग गर्ने व्यक्तिलाई गुरु मानिने धर्मशास्त्रमा उल्लेख गरिएको छ ।

‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ। अन्धकारको नाश गरी जीवनमा उज्यालो फैल्याउने व्यक्तित्वलाई नै गुरु भनिन्छ ।

नेपालमा गुरुपूर्णिमाको दिन विद्यालय तथा कलेजहरुमा विभिन्न कार्यक्रम गरेर गुरुहरुलाई श्रद्धाभाव प्रकट गरिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here