आवाज बहुउद्देश्य सहकारीद्वारा १७ महिलालार्इ सिपमुलक तालिम

0
943

काठमाडाैं । विरेन्द्रनगर नगरपालिका वडा नः ८ सँगकाे सहकार्यमा आवाज बहुउद्देश्य सहकारी संस्थाले १७ जना महिलालार्इ  कृष्टल र  मेटलको चुरा बनाउने ७ दिने तालिम गराइएकाे छ ।

नगपालिकाकाे एक घर एक राेजगार कार्यक्रम अन्तरगत उक्त वडाका १२ टोलसंगठन र वडास्थित सहकारी मार्फत १७ महिलार्इ सिपमुलक तालिम गराइएकाे हाे ।

तालिमपछि उधमशील महिलाहरुमध्य ४ जनाले आफ्नो टोलमा करिब ५० हजार रूपयाँको लगानिमा ब्यवसाय संचालन गरेका छन् ।

गृहणी महिलाहरुलाई लक्षित गरि प्रत्यक दिन कम्तिमा पनि ३ देखि ४ घन्टा  काम गरी सुरुका दिनमा महिनाको ५ हजारसम्म कमाउने लक्ष्य राखेका छन्।

बहु उद्देश्य लक्ष्यलिएको सहकारीको उद्देश्यअनुरुप समुदायमा रहेका महिला तथा विपन्न वर्गको आर्थिक शसक्ति करणका लागि विभिन्न संसस्था र स्थानीय तहका सरकारसँग समन्वय र सहकार्य गर्ने अध्यक्ष पवित्रा शाहीले बताइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here