एसइईको नतिजा साउन १५ गते सम्ममा प्रकाशन गर्ने परीक्षा बोर्डको तयारी

0
928

काठमाडौं, असार २२ः कोरोना भाइरसका कारणले रोकिएको एसइईको नतिजा साउन १५ गते प्रकाशन गर्ने गरी राष्ट्रिय परीक्षा बोर्डले तयारी गरेको छ। बोर्डका सचिव दुर्गाप्रसाद अयार्लका अनुसार असार मसान्तसम्म सबै जिल्लाबाट लब्धांक आइपुग्ने र साउन १५ गते नतिजा प्रकाशन गर्ने गरी बोर्डले तयारी गरिरहेको जनाएका छन्।

विद्यालयहरुलाइ क्वारेन्टाइन बनाइएको हुँदा कतिपय विद्यालयले लब्धांक पठाउन पाएका छैनन्, अयार्लले भने, सम्भवतः असार मसान्तसम्म सबैको लब्धाकं आइपुगने छ त्यसैको आधारमा साउन १५ गते नतिजा प्रकाशन गर्ने गरी काम गरेका छौं।

२०७६ चैत ६ गतेदेखि सञ्चालन हुने तयारी भएको एसइई परीक्षा कोरोना भाइरसको संक्रण फैलन सक्ने त्रासका कारण अन्तिम समयमा सरकारले स्थगित गरेको थियो।

परीक्षा लिनसक्ने स्थिति नभएपछि केही दिनअघि मात्रै सरकारले विद्यालयले लब्धांकपत्र शिक्षा विकास समन्वय इकाइमा पठाउनु पर्ने र जिल्लाले राष्ट्रिय परीक्षा बोर्डलाई पठाएपछि त्यसैको आधारमा बोर्डले नतिजा प्रकाशन गर्ने निणर्य गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here