काेराेना संक्रमित, २४ घण्टामा थपिए ३ सय ३८ जना

0
153

काठमाडौं, साउन २६: काठमाडौँ उपत्यकामा ९२ जनासहित देशभर साेमबार ३ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले यसबारे बताएका हुन्। नेपालभर ३७ वटा प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा ४४ जनामा काेराेना देखिएको हो।

त्यसैगरी साेमबार देशभर १ सय ४० जना डिस्चार्ज भएका छन्। हाल १० हजार ७ सय ५९ जना क्वारेन्टाइनमा छन्। आजसम्म १६ हजार ४ सय ९३ डिस्चार्ज भएका गाैतमले जानकारी दिए। त्यसैगरी साेमबार बाराका १ जना रेड जोनमा परेका उनले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here