केपी ओलीको घमण्ड मै तोड्न सक्छु : चिन्तन पौडेल

0
627

काठमाण्डौँ, पुस ९ : नेपाली कांग्रेसका युवा नेता एवं युवा सजगता अभियान नेपालका अध्यक्ष ई चिन्तन पौडेलले केपी ओलीलाई चुनौती दिएका छन् । हालै ओलीले एक अन्तर्वार्तामा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई चुनाव देखि डराउने नेताको संज्ञा दिएकामा चिन्तनले यस्तो कडा प्रतिवाद गरेका हुन् । “तनहुँमा जनताको मतले २०७४ भन्दा पहिलेका ५ वटै संसदीय निर्वाचन जितेका पौडेल निष्ठा र आदर्शका पात्र आम तनहुँबासी संगै देशबासीले मानेका छन्,” उनले भने ।
पौडेल ६४ को संविधान सभा निर्वाचन पछि शेर बहादुर देउवालाई पराजित गर्दै नेपाली कांग्रेस संसदीय दलको नेता निर्वाचित समेत भएका थिए । ४ वर्षको संविधानसभाले ४ प्रधानमन्त्री पायो । पहिलो भएको नेकपा माओवादीबाट २ जना र तेस्रो भएको नेकपा एमालेबाट २ जना प्रधानमन्त्री बने । तर दोस्रो ठूलो पार्टी नेपाली कांग्रेसका संसदीय दलका नेता प्रधानमन्त्री हुनबाट बञ्चित भएका थिए । रामचन्द्र पौडेल राष्ट्रिय हित विपरीत कसैसंग नझुक्ने नेताको रुपमा चिनिन्छन त्यसैले हरेक आन्दोलनमा उनको महत्वपुर्ण भुमीका देखिएको हो ।
पौडेल जस्तो नेतालाई चुनाव देखि भाग्छ भनेर हल्का टिप्पणी गरेका केपी ओलीका विरुद्द आफैं जितेर देखाइदिने पौडेलका पुत्र समेत रहेका चिन्तन पौडेल दावी गर्छन् । पौडेल नेपालमै हुर्केर उच्च शिक्षा हासिल गर्ने क्रममा १५ वर्ष भन्दा बढी भारत, बेलायतमा योग्यता प्राप्त गरि विगत ७÷८ वर्ष देखि नेपाल मै कार्यरत छन् ।“चुनाव हुने परिस्थिति निर्माण भए र पार्टीले टिकट दिने हो भने म आफैं केपी ओली विरुद्द लडेर निर्वाचन जितेर देखाउने छु,” चिन्तन भन्छन् । केपी वलीको घमण्डले देव बबादीतर्फ जादाँ पनि वली अझै अरुलाई आछेप लगाउन व्यस्त भएको चिन्तनको भनाई छ । राष्ट्रवादको खोक्रा नारा दिएर जनतालाई पङ्गु बनाएर समृद्ध नेपाल निर्माण हुने नसक्ने उनको भनाई छ ।
राजनीतिमा चिन्तन नयाँ हैनन
पौडेल सन २००९ मा ४ हजार क्रियाशिल सदस्य भएको नेपाली जन सम्पर्क समिति बेलायतका निर्वाचित केन्द्रीय सदस्य रहेका छन् । २०१० को कांग्रेसको १२ औं महाधिवेशनमा निर्वाचित महाधिवेशन प्रतिनिधि समेत रहेका चिन्तन युवा जागरण अभियानको अध्यक्षको रुपमा विगत ३ वर्ष देखि कृयाशिल छन् । छोटो समयमा ७७ जिल्लामा युवा जागरण अभियानको विस्तार गरेका चिन्तनको अभियानमा हाल नेपाल र विदेशमा ७ सय भन्दा बढी युवा सक्रिय छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here