कैंदीले जेलभित्र गर्छन नसोचेको आम्दानी !

0
1286

तेह्रथुम: तेह्रथुम जिल्ला कारागारमा रहेका कैदीबन्दीले कारागारभित्रै विभिन्न उद्यम गरेर मासिक १५ हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन् । कैदीबन्दीले कारागारभित्रै कमाएर आफ्ना लागि लत्ता कपडा र टेलिफोन खर्चमात्रै हैन, घर खर्चसमेत पठाउने गरेका छन् । कैदीबन्दीले ढाकाका टोपी, चोया र बेतबाँसका सामग्री तथा मुढा बुनेर आम्दानी गर्दै आएका हुन् ।

कारागारबाट कैदीबन्दीले मासिक १५ हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेको नाइके विवेक लिम्बुले बताए । कैदीबन्दीले ढाकाका टोपीमात्रै मासिक ७ सय वटाभन्दा बढी बुनेर बिक्री गर्ने गरेका छन् । कैदीले बुनेका टोपीलगायत सामग्रीहरु कार्यालय सहयोगीमार्फत बजारसम्म पु¥याउने र बिक्री गरेर ल्याइदिने व्यवस्था गरिएको जेलर प्रभात घिमिरेले बताए । कैदीले बुनेका टोपी प्रतिगोटा २ सयदेखि ५ सय रुपैयाँसम्म बिक्री हुने गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here