गरिब र मजदुरको पिडादेखेर बरिस्ठ नेता पौड्याल देखिए चिन्तित , गरे सरकारलाई खबरदारी

0
450

काठमाडौँ -चैत्र ०५ , नेपाली कांग्रेसका बरिस्ठ नेता रामचन्द्र पौड्यालले लकडाउनका कारणले बाटोमा अलपत्र परेकाहरुलाई घर पुर्याउन र मजदुरहरुको खान, बस्नका लागि आवश्यक व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेका छन् । देशका राजमार्गमा अलपत्र भौतारी रहेका जनता र शहर बजारमा भोकैरहेका जनताको लागि सरकार खै ? प्रदेश र जिल्लासंग समन्वय गरि ब्यबस्था किन नगरेको भनि सरकारलाई प्रस्न गर्नुका साथै सामाजिक संजाल मार्फत खबदारी समेत गरेका छन् ।

सरकारको उदासिनताको कारणले मजदुरहरु खान, बस्न समस्या भई केही हिडेरै आफनो घर पुगेका छन् भने केही बाटोमा अलपत्र परेका छन् अहिले उनीहरु को जिबन अतिनै कष्टपूर्ण बनिरहेको छ । तर सरकार भने यो अबस्था देख्दा पनि मजदुरहरुको खान, बस्न र उनीहरुको गन्तव्यमा पुग्न आवश्यक प्रबन्ध मिलाउन उदासिनता देखाई रहेको छ भन्दै बरिस्ठ नेता पौड्यालले चिन्ता ब्यक्त गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here