गोर्खाकि सिर्जना भट्ट नेबि संघको केन्द्रिय सदस्यमा मनोनीत

0
1041

 काठमाडौं साउन १८ -नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघको केन्द्रिय सदस्यमा गोर्खाकी सिर्जना भट्ट मनोनीत भएकी छिन।विद्यालय जीवन बाट नेपाली कांग्रेसको र नेपाली कांग्रेको भातृसंगठन नेपाल विद्यार्थी संघमा सकृय रुपमा लागेकी भट्ट नेपाल विद्यार्थी संघको गढ मानिने त्रिचन्द्रको क्याम्पसको २०६८ सालमा गठन भएको नेपाल विद्यार्थी संघ त्रिचन्द्र क्याम्पस इकाईमा  सहसचिव  भएकी थिइन।

भट्टले नेपाल विद्यार्थी संघका लागि आफ्नो धेरै समय बलिदान र त्याग गरेको सम्मान स्वरुप उहाँलाई नेपाल विद्यार्थी संघको केन्द्रिय सदस्यमा मनोनीत गरेको नेपाल विद्यार्थी संघका केन्द्रिय अध्यक्ष नैनसिंह महरले बताए।

 भट्टले आफ्नो पद सम्हाले लगत्तै संक्षिप्त प्रतिक्रिया दिदै आफुले यो जिम्मेवारी पुर्न रुपमा पूरा गर्ने र आफ्नो आगमनले नेबि संघको केन्द्रिय समिति झन बलियो हुने बताइन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here