छत्रकोट गाउँपालिकामा नीतिगत भ्रस्टाचार बिरुद्ध भण्डाफोर कार्यक्रम

0
275

गुल्मी असार २६ : छत्रकोट गाउँपालिकामा आर्थिक बर्ष २०७७ र ७८ को वजेट बिना सर्वसहमति पारित गरेको भन्दै नेपाली काँग्रेसका नेता तथा नेबिसंघका पुर्व केन्द्रीय सदस्य मोति भण्डारीको नेतृत्वमा र छत्रकोट गाउँ कार्य समितिका पदाधिकारी सहितको उपस्थितिमा आज छत्रकोट गाउँपालिकामा भण्डाफोर कार्यक्रम सम्पन्न भएको छ।

गाउँपालिकाले बजेट बिनियोजन गर्दा एकलौटीरुपमा गरेको कृषि बर्ष मनाउने घोषणा गरेपनि कार्यक्रम संचालनको स्पष्ट नीति नभएको, गाउँपालिकाका प्रत्येक कार्यक्रम लाई राजनीतिकरण गरेको , विपक्षीको मागलाई बेवास्ता गरी एकपक्षिय बहुमतको आधारमा बिना सहमति बजेट पास गरेको प्रति बिरोध जनाएको छ ।

कार्यक्रममा बोल्दै नेबिसंघका पुर्व केन्द्रीय सदस्य तथा कार्यक्रमका संयोजक मोति भण्डारीले नेपाली काङ्ग्रेस गाउँपालिकाको समृद्धिका लागि सधै सङ्गै रहेको भएपनि बेतिथि बढ्दै गएमा वहुमतको दम्भमा कांग्रेसले उठाएका राम्रा विषयलाई उपेक्षा गरिएमा जनता सडकमा उत्रिन बाध्य हुने चेतावनी दिएका थिए। नेपाली काङ्ग्रेस छत्रकोट सभापती धातानन्द भुसालले गाउँपालिकाले स्थानीयको सरकार भएपनि मनलाग्दी गरेर कार्यशैली प्रति नै प्रश्न चिन्ह खडा भएको बताएका थिए । कार्यक्रममा बोल्दै अनन्त पौडेलले अबका दिनमा गाउपालिका नसुध्रीए कडा आन्दोलनका कार्यक्रम गर्ने बताएका थिए ।

गाउँपालिकाले सहमति बिना बहुमतको आधारमा एकपक्षीय बजेट पास गरेको भन्दै विरोध जनाएको छ । काँग्रेसले एकलौटी रुमपा बजेट विनियोजन गरेको र बजेटमा धेरै बेथितिरहेको भन्दै आज गाउँपालिका अध्यक्ष मधुकृष्ण पन्थलाई ज्ञापन पत्र बुझाएको छ ।

ज्ञापन पत्र बुझ्दै गाउँपालिका अध्यक्ष मधुकृष्ण पन्थले आफ्नो ध्यानाकर्षण भएको भन्दै सुझाबका लागि धन्यवाद दिएका थिए । ज्ञापन पत्र बुझाएपछी कोणसभा समेत गरिएको थियो । उक्त्त भण्डाफोर कार्यक्रममा नेपाली काङ्ग्रेस छत्रकोटका सभापती धातानन्द भुसाल, वार्ड न १ हुगाका सभापती महेश्वर भण्डारी , वार्ड न २ का सभापती नरेन्द्र बहादुर पल्ली वडा न ४ का सभापती जित बहादुर पौडेल लगायत नेपाली काङ्ग्रेस छत्रकोट गाउँ कार्य समितिका नेता तथा कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here