तनहुँका पालिकाहरुमा युवा सजगता अभियानको स्थानिय तह संयोजक चयन

0
614

काठमाण्डौं, असोज २४ : युवा जागरण (सजगता) अभियानको संगठन विस्तार अभियान अन्र्तगत तनहुँका दशबटै पालिकामा स्थानिय तह संयोजक नियुक्त भएका छन् । अभियानको संगठन विस्तारको क्रममा नीति, योजना तथा कार्यक्रम सञ्चालनको लागि तनहुँ जिल्लाका स्थानिय तहमा शनिवार संयोजक चयन गरिएको युवा जागरण (सजगता) अभियान गण्डकी प्रदेश संयोजक सुशिल तिमल्सेनाले बताए ।
स्थानिय तह संयोजकहरुमा भानु नगरपालिकामा सुक बहादुर गुरुङ, भिमाद नगरपालिकामा विजय थापा, व्यास नगरपालिकामा कर्ण बहादुर गुरुङ र शुक्लागण्डकी नगरपालिकामा सन्तोष श्रेष्ठ नियुक्त भएका छन् ।
त्यस्तै आँबुखैरनी गाउँपालिकामा सुमन श्रेष्ठ, देवघाट गाउँपालिकामा उत्तम तामाङ, बन्दीपुर गाउँपालिकामा बिल बहादुर गुरुङ, ऋषिङ गाउँपालिकामा इबु थापा मगर, घिरिङ गाउँपालिकामा अमृत खनाल र म्याग्दे गाउँपालिकामा गौरब राज राना नियुक्त भएको प्रदेश संयोजक तिमल्सेनाले बताए ।
युवा जागरण (सजगता) अभियानले संगठन विस्तार अभियानलाई तिब्रता दिइरहेको छ । सामाजिक विकास बाट नै राष्ट्रको उन्नती सम्भव छ भन्ने उदेश्यका साथ अभियान सञ्चालनमा भइरहेको अभियानका संयोजक चिन्तन पौडेलले बताए । ‘युवामा भएको राजनीतिप्रतिको वितृष्णा कम गराउने, स्वदेशमै रोजगारीको सिर्जना गर्न प्रेरित गर्ने, सिपमुलक तालिम र व्यावसायीक दक्ष जनशक्ति निर्माण गरि उद्यमशिल बनाउने अभियानको लक्ष्य हो,’ उनले भने । अभियानले युवाको क्षेत्रमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here