थपिए शनिबार कोरोनाका ७० संक्रमित

0
184
1203953773

काठमाडौँ असार २७ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार कोरोना भाइरसका ७० जना संक्रमित थपिएका छन्। देशभरि बाट २५ वटा प्रयोगशालामा विगत २४ घण्टामा तीन हजार छ सय ४८ जनाको पिसिआर विधिबाट परीक्षण गर्दा जम्मा ७० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।

कोरोनाबाट अहिलेसम्म ३८ जनाको मृत्यु भएको छ। कोरोना संक्रमित संख्या १६ हजार सात सय १९ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार क्वारेन्टिनमा २४ हजार ९७ जना छन्। आठ हजार २ सय ३९ आइसोलेसनमा रहेका छन् । शनिबार चार सय ३१ जना कोरोना निको भएर घर फर्किए भने अहिलेसम्म कोरोना निको हुनेको संख्या आठ हजार चार सय ४२ पुगेको उनले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here