दमाैली मुख्य चाेककाे होटल स:स: ईनमा अाागलागी

0
308

काठमाडौं, फागुन १८
व्यास नगरपालिका ४ मुख्यचोकमा रहेको होटल स:स: ईनमा मंगलवार बिहान आगलागि भएको छ । विद्धुत सर्ट भई बिहान पौने २ बजे आगलागि भएको हाेटलका सञ्चालन जीवन शाहीले जानकारी दिए ।
आगलागि भएपछि व्यास नगरपालिकाको दमकल,प्रहरि र स्थानियको सहायतामा आगलागि नियन्त्रणमा लिइएको थियो।
आगलागि लगत्तै ठुलो सजगता अपनाईएकाले मानविय क्षती हुन नपाएको होटल धनी शाहिले वताए । आगलागिपछि होटलका पाहुनालाई होटलसंगै जोडिएको घरको छतबाट उद्दार गरिएको थियो। होटलको तल्लो तलाको भाग जलेर क्षति पुगेकाे छ । जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज तिमिल्सिनाका अनुसार समयमै जानकारी भएकाे कारणले मानिसलाई उद्दार गरिएको बताए । पहिलो तला पुर्ण रूपमा जलेकाे छ भने दाेस्राे तला लगायतमा धुवा पुगेको कारण पनि सामानमा क्षति पुगेकाे प्रहरि नायव उपरिक्षक युवराज तिमिल्सेनाले बताए। हाेटलका सञ्चालक शाहीका अनुसार ४० लाख वरावरकाे क्षति पुगेकाे जानकारी दिएकाे डिएसपी तिमिल्सिनाले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here