देउवाले नेताहरुलाइ कारबाही गरेकोमा बरिस्ठनेता पौड्याल बाट असहमति ब्यक्त

0
618

काठमाडौँ। नेपाली काग्रेसको १४औ महाधिबेशन नजिकदै जादा पार्टी सभापति शेर बहादुर देउवाले एकलौटी ढंगले निर्णय गरि पार्टी कब्जा गरि रहने नियत भन्दै बरिस्ठ नेता राम चन्द्र पौड्याल ले तिब्र असुन्तुस्ती ब्यक्त गर्दै प्रेस बक्तब्य निकालेक छन्। नेता पौड्यालले बिग्यब्तिमा भनेका छन् । यहि फागुन ३० गते अन्नपुर्ण पोस्ट लगायत विभिन्न पत्रपत्रिकामा प्रकासित समाचार प्रति मेरो आपत्ति छ। स्वयं वागी उम्मेदवार बनेर खुलेआम अन्र्तघात गर्ने व्यक्ति र आफूलाई मन परेन भन्दैमा अन्दाजको भरमा आरोपित कार्यकर्तालाई सँगै जोडेर कारवाहीको नाटक जो मञ्चन गरिएको छ, यो घृणित षडयन्त्र हो । यस्तै षडयन्त्र र अनेक विकृत उपाय अवलम्वन गरी सत्तामा हावी भैरहन चाहने प्रवृत्तिसँग मेरो लडाई जारी छ । नेपालमा पार्टी र लोकतन्त्र यस्तै प्रवृत्तिबाट कमजोर भएको छ । मलाई यो सैह्य छैन ।बरिष्ठ नेता रामचन्द्र पौडेलले आफूले सभापति देउवालाई गोबिन्दराज जोशी, पुष्करनाथ ओझा, कर्ण मल्ल लगायतका काँग्रेस नेताहरुलाई अन्तरघातको आरोपमा कारबाही गर्न सहमती दिएको भन्ने कुरा गलत , कपोकल्पित र झुटो भएको बताएका छन् । नेता पौडेलले प्रेश बिज्ञप्तीमा षडयन्त्र र अनेक विकृत उपाय अवलम्वन गरी सत्तामा हावी भैरहन चाहने प्रवृत्तिसँग आफ्नो लडाई जारी रहेको भनेका छन् । नेताहरुलाई कारबाही गरेपछि अनुसाशन समितिका सदस्य उमाकान्त चौधरीले राजीनामा दिईसकेका छन् भने अर्का सदस्य धनराज गुरुङ पनि सन्तुष्ट छैनन् । सभापति देउवाले केही नेताहरुलाईसाधारण सदस्य समेत नरहनेगरी कारबाही गरेपछि काँग्रेसभित्रको बिबाद चुलिएके छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here