देशैभर लामो दूरीका सवारीसाधन सञ्चालनमा रोक

0
902

 

 

काठमाडौँ चैत्र १०, विश्वव्यापी महामारीको रुपलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट बच्न नेपाल सरकारले आज चैत्र १० सोमबार देखि लागुहुने गरि देशैभर लामो दूरीका सवारीसाधन सञ्चालनमा रोक लगाएको छ। विश्वव्यापी महामारीको रुपलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमणको डरले काठमाडौंबाट धेरैजसो मानिसहरु जन्मजिल्ला फर्किएकाले काठमाडौँ सुनसान जस्तैछ । बजारमा किनमेल देखि सबै किसिमको चहलपहल कम भएको छ।

चैत १० गते सोमबार देखि केही अवधिका लागि नेपालभर चल्ने सबै प्रकारका लामो दूरीका यात्रुवाहक सवारी साधनहरू सञ्चालनमा रोक लगाइएको छ।’ लामो दूरीअन्तर्गत एक जिल्लाबाट अर्काे जिल्लामा पनि गाडी चलाउन नपाइने महागरीय ट्राफिक महाशाखाले जनाएको छ। काठमाडौंका सडक सुनसान देखिन थालेका छन्। सार्वजनिक सवारीसाधन न्युनरुपमा चलिरहेका छन् भने निजी सवारीसाधन पनि कमै चलेका छन्।
अन्तर्राष्ट्रिय उडान हिजो चैत्र ०९ देखिनै बन्द गरिएकाे छ। तर, आन्तरिक उडान र छोटो दुरीका सवारी साधन भने यथावत सञ्चालन हुने सरकारले जनाएकाे छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here