नेपाल लकडाउनमा : भोलिदेखि एकसाता घर बाहिर निस्कन नपाइने

0
983

 

काठमाडौ.१० चैत, सरकारले चैत्र १० मंगलबारदेखि सार्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाएको छ । नेपालि एक युवतीमा कोरोना संक्रमण भेटिए लगतै सरकारले देशलाई पूर्ण रुपमा लकडाउने गर्ने निर्णय गरेको छ । एक नेपाली बिद्ध्यार्थी फ्रान्सबाट कतारको दोहा हुँदै चैत ४ गते नेपाल आएकी थिइन् उनलाई चेकजाच गर्दा कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

नेपाल सरकारले औषधि उपचार, खाद्यवस्तु खरिदजस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्तिलाई घरबाट ननिस्कन आदेश जारी गरेको छ । कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले पूरै देश ‘लकडाउन’ गर्ने निर्णय गरेअनुसार चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ गते सम्म देशभरका सबै नागरिकले यो आदेश कार्यान्वयन गर्नुपर्नेछ । सुरक्षा निकाय, स्वास्थ्यकर्मी खाद्यान्न र अत्यावश्यक बस्तु ढुवानी गर्ने र अनुमति प्राप्त बाहेकका सवारी साधन चलाउने पाइने छैन ।
नेपालमा अहिलेसम्म दुई जनामा कोरोना भाइरस भएको पुष्टि भएको छ एकजना निको भइसकेका छन् ।
संक्रमण अरु फैलिन नदिने उद्देश्यका साथ सरकारले लकडाउनको निर्णय गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here