पछिल्लो २४ घण्टामा नेपालमा थप २ सय ३२ जनामा कोरोना पुष्टि

0
110
1203953773

काठमाडौं, असार २०ः नेपालमा थप २ सय ३२ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका प्रयोगशालामा गरिएको परीक्षणबाट २ सय ३२ जनामा संक्रमण पुष्टि भएको हो । योसंगै नेपालमा संक्रमितको कुल संख्या १५ हजार ४ सय ९१ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलन मार्फत मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ४ सय १५ जनाको पीसीआर विधिबाट परीक्षण भएको जानकारी दिए ।

हालसम्म २ लाख ४६ हजार २ सय ९७ को पीसीआर विधिबाट परीक्षण भइसकेको छ भने ३ लाख १० हजार ३ सयको आरडीटी विधिबाट परीक्षण गरिसकिएको छ ।

यसैगरी आइसोलेसनमा रहनेको संख्या ९ हजार ४२ रहेको छ भने क्वारेन्टाइनमा रहनको संख्या ३३ हजार १ सय २५ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here