काठमाडौं,असार १७ : नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन जोडदार रुपमा माग गरेको छ। नेपाल आयल निगमले बुधबारबाट लागू हुनेगरी मूल्यवृद्धि गरेपछि नेविसंघले विज्ञप्ति जारी गर्दै लकडाउनका कारण जनताको आर्थिक अवस्था कमजोर बनेका बेला भएको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ ।
पेट्रोलियम पदार्थको मूल्य बढ्दा ढुवानी खर्च बढ्ने र त्यसले उपभोग्य वस्तुको मूल्य बढाउँदा उपभोक्ता मारमा पर्ने नेवि संघले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ। नेपाल आयल निगमले बुधबारबाट लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल र मट्टीतेलमा २/२ रुपैयाँ बढाएको थियो
कोरोनाका कारण संकटमा रहेका नागरिकको घाउमा पेट्रोलियम पदार्थको मूल्य बढाएर सरकारले जनताको घाउमा मलम लगाउनुको साटो नुनचुक छर्किएको छ भन्दै नेविसंघले बढेको मूल्य फिर्ता नलिए संघर्षमा उत्रने चेतावनी पनि विज्ञप्तिमार्फत दिएको छ।
कोरोनाका कारण संकटमा रहेका नागरिकको घाउमा पेट्रोलियम पदार्थको मूल्य बढाएर सरकारले जनताको घाउमा मलम लगाउनुको साटो नुनचुक छर्किएकोले मूल्य फिर्ता भएन भने नेविसंघ संघर्षमा उत्रिने नेविसंघका महामन्त्री युबराज पाण्डेले बताएका छन् ।