पौडेल विरुद्ध बागी उम्मेदवारी दिएका पूर्वमन्त्री जोशीलाई पाँच वर्षका लागि पार्टीबाट निष्कासन

0
294

काठमाडौँ ,साउन ११: संघिय निर्वाचनमा वरिष्ठ नेता रामचन्द्र पौडेल विरुद्ध बागी उम्मेदवारी दिएका पूर्वमन्त्री गोविन्दराज जोशीलाई नेपाली काँग्रेसले कारवाही गर्दै पाँच वर्षका लागि पार्टीबाट निष्कासन गरेको नेपाली कांग्रेसले जनाएको । निज जोशी बिरुद्द सर्बोच्चमा भ्रष्टाचार मुद्दा विचाराधीन छ ।

पार्टीको अनुशासन समितिले जोशिलगाएत पुष्करनाथ ओझा र राम बहादुर बिष्टलाई पनि पार्टीबाट निष्कासन गरेको छ । ओझा लाई कैलालीमा आरजु देउवालाई चुनाव हराउन भूमिका खेलेको काँग्रेसको आरोप छ ।

ओझालाई पांच वर्षका लागि पार्टिबाट निष्काशन गरिएको छ । यस्तै डडेलधुरा काँग्रेस कार्यालय सचिव विष्टलाई तीन वर्षकालागि पार्टीबाट निष्कासन गरिएको छ।

जोशि,ओझा र विष्टलाई स्पष्टीकरण सोधीएकोमा जवाफ चित्तबुझ्दो नभएको र पार्टीको अनुशासन उल्लंघन गरेको पाइएकोले पार्टीबाट निष्काशन गर्ने निर्णय गरिएको अनुशाशन समितिले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here