प्रधानमन्त्रीले आफ्नो सुविधाको लागि मन्त्रालयहरु फुटाएर मन्त्री पद बाड्नु गैर जिम्मेवार: बरिस्ठ नेता पौडेल

0
913

काठमाडौं असोज १५ : नेपाली कांग्रेसका बरिस्ठ नेता रामचन्द्र पौडेलले सरकारले गरेका बेतिथीका बारेमा आफ्नो दृष्टिकोण सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत अघि सारेको दृष्टिकोणमा देशलाई भारमात्र पर्ने गरी प्रधानमन्त्रीले आफ्नो सुविधाको लागि मन्त्रालयहरु फुटाएर मन्त्रालय थप्ने, मन्त्री पद बाड्ने गैर जिम्मेवार प्रवृत्तिलाई नयाँ संविधानले अन्त गर्न खोजेको हो भनेका छन् ।

देश विकास गर्ने सारा बजेटलाई अनावश्यक भर्तीकेन्द्र खोली बिना दरबन्दी जतासुकै मनपर्दी ढंगले मान्छे भर्ने काम कम्युनिष्टले चलाएका छन् ।
कर्मचारीको पेन्सन धान्न नसक्ने भैसकेको अवस्था छ । जनतालाई सर्बसुलभ स्वास्थ्य सुबिधा दिन नसकीरहेको अवस्थामा फेरी मन्त्रालय बढाउने काम गरियो भने त्यसको घोर बिरोधमा हामी उत्रने छौं सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here