प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्तिप्रति सर्बत्र निन्दा

0
695

काठमाडौँ- असार ३०: भानु जयन्तीका अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले ‘नक्कली अयोध्या’खडा गरेर सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको बताएका छन्।

नेपाल सांस्कृतिक हिसाबले थिचिएको उल्लेख गर्दै ओलीले तथ्यहरुमाथि भारतले अतिक्रमण गरेको बताएका थिए । भगवान रामको राज्य अयोध्या नेपालको वीरगञ्ज पश्चिममा पर्ने भए पनि भारतले विवादित अयोध्या खडा गरेको उनले बताएका थिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘हामी अलिकति सांस्कृतिक हिसाबले थिचिएका छौँ। तथ्यहरुमा अतिक्रमण भएको छ भनेका थिए । अयोध्या भनेको वीरगञ्जभन्दा अलि पश्चिमपट्टिको गाउँ हो। अहिले खडा गरिएको अयोध्या होइन। त्यसकारण सन्तान (राम) पनि भारतीय होइनन्, ठाउँ (अयोध्या) पनि भारतीयको होइन भनेका थिए ।’

प्रधानमन्त्री ओलीले भारतले भनेको अयोध्या नै सही भए त्यहाँका राजा जनकपुर विवाह गर्न कसरी आइपुगे भनेर प्रश्‍न समेत गरे। त्यो समयमा कुनै सञ्चार सुविधा विना अहिले भारतले बनाएको अयोध्याबाट राम आउन सम्भव नभएको उनको भनाई थियो।

प्रधानमन्त्री ओलीले ज्ञान, विज्ञान र अनेक कुराको सुरुवात र विकास नेपालमा भएको भएपनि त्यो श्रृंखलाले निरन्तरता पाउन नसकेको बताएका थिए । भगवान रामको जन्मस्थान अयोध्याबारे प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको टिप्पणीबाट भारतको सत्तासित भारतीय जनता पार्टी (भाजपा) आक्रोशित भएको छ ।

ओलीको अभिव्यक्तिको नेपालमै पनि आलोचना भइरहेका बेला भारतमा यसको तीव्र निन्दा भएको हो। भारतीय समाचार संस्था पीटीआइले नेपालका प्रधानमन्त्री ओलीको भनाई आश्चर्यजनक र स्तब्ध पार्ने खालको रहेको उल्लेख गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here