भेनेजुयलाका राष्ट्रपतिमाथि ड्रोन आक्रमण

0
893

काठमाडाैं । भेनेजुयलाका राष्ट्रपति निकोलस मादुरोमाथि ड्रोन आक्रमण भएको छ। शनिबार साँझ सेनाले आयोजना गरेको एक कार्यक्रममा बोलिरहेका मादुरोको नजिकै गएर दुई ड्रोन बिस्फोट भएका थिए।

‘म बोलिरहँदा एउटा उडिरहेको चिज मेरो नजिकै पड्कियो। केही सेकेन्डमा अर्को पनि बिस्फोट भयो,’ घटनापछि मादुरोले भने। घटनामा परी सात सैनिक घाइते भएका छन्।

बिस्फोटपछि सुरक्षाकर्मीले मादुरालाई बुलेटप्रुफ रक्षाकवजले घेरेर बाहिर ल्याएका थिए। राष्ट्रपति मादुरोले आफ्नो हत्या प्रयास भएको बताएका छन्।

उनले  आक्रमणका पछि कोलम्बियाको हात रहेको आरोप लगाएका छन्। कोलम्बियाले भने मादुरोको आरोप आधारहीन भएको बताएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here