युरोप भ्रमण सफलः वरिष्ठ नेता पौडेल

0
1268

काठमाडौँ: नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले कञ्चनपुरका १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्यामा संलग्न अभियुक्तको पहिचान गरी सरकारले कारबाही गर्न नसक्नु दुःखत भएको बताएका छन् ।

उनले घटनाको निष्पक्ष रुपमा छानविन गरी पिडितलाई न्यायदिलाउनु पर्ने ठाउँमा उल्टै षडेन्त्र पूर्वक घटनालाई ढाकछोप गर्न खोज्नु कानुनी शासनको उपहास भएको बताए ।

दुई साता लामो युरोप भ्रमण सकेर आज नेपाल फर्केका उनले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै यस्तो बताएका हुन् ।

पौडेलले समग्रमा आफ्नो युरोप भ्रमण सफल भएको बताए । अर्को प्रशंगमा उनले नेपाल विद्यार्थीसंघको महाधिवेशन समयमै विधानमाथि छलफल गरेर निर्धारित समयमै सकाउनुपर्नेमा जोडदिए ।

नेता पौडेल नेपाली कांग्रेस युरोपका जनमसम्पर्क समितिले आयोजना गरेको युरोपको विभिन्न कार्यक्रममा सहभागी हुन गत भदौ ३० गते युरोप गएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here