काठमाडौ -चैत्र, २५ मङ्गलबार प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका युवानेता क्षितिज भण्डारीले भारतिय प्रधानमन्त्री नरेन्द्र मोदिले आफु सहित राष्ट्रपति, सांसदको बार्षिक तलबको ३०% र सासद कोषको ७२अर्ब पनि कोरोना रोकथामलाई दिन अद्य्यादेश ल्याउदै गर्दा नेपाल सरकारले पनि संघ, प्रदेश र स्थानीय तहको बार्षिक तलबभत्ता र सांसद कोषको ५०% अर्बौं रुपियाँ कोरोना सहित हरेक वार्डमा अत्याधुनिक स्वास्थ क्षेत्रमा दिन सरकारसंग माग गरेका छन् ।
युवानेता भाण्डारीले मन्त्रीपरिषदको उच्चस्तरीय समितिमा एक पनि मेडिकल डाक्टर नभएको प्रसङ्ग जोडदै कोरोना विरुद्ध फ्रन्टलाईन मा खटिएका वास्तविक हिरो स्वास्थयसेवि डाक्टर, नर्स, एम्बुलेन्स चलकहरु, सञ्चारकर्मीहरु, कर्मचारी अनि सुरक्षाकर्मीलाई निकै असुरक्षित रहेकोले पिपिई, सेनेटाईजर र एम९५ मास्कहरु उपलब्ध गराउदै कम्तीमा १करोड को बिमा गर्न अपिल गरेका छन् ।
अमेरिका, युरोपमा करोडौंको बिमा भएको अनि छिमेकी राष्ट्र भारतमा स्वास्थ्यकर्मी को उत्साह बढाउन ताली बजाउदै प्रधानमन्त्री मोदिले ८० लाख अनि दिल्ली राज्य का मुख्यमन्त्री अरबिन्द केजरीवालले १करोड ६०लाख गरि २ करोड ४० लाखको सहयोग घोषणा गरेकोले नेपालमा सरकारसंग सो माग गरेका छन् । युवानेता भण्डारीले नेकां पार्टी सभापति शेरबहादुर देउवालाई समेत विभिन्न १० बुदे सुझाव प्रस्ताव गरेपछि अहिले बाके लगायत विभिन्न नेपाली कांग्रेसको पार्टी कार्यलय कोरेन्टाईनमा परिणत भै रहेको समाचार आएको छ ।
नेपाली कांग्रेसका महासमिति सदस्य र महाधिवेशन प्रतिनिधिको तर्फबाट नेबिसंघ पुर्ब कावा अध्यक्ष रहेका भण्डारीले कोरोना विरुद्ध परिणाममुलक रणनीति बनाउन केन्द्रीय सदस्य, सासद, स्थानीय तह प्रतिनिधि सम्मिलित आपतकालीन बैठकलाई भिडियो कन्फ्रेन्स मार्फत गर्दै सुझाव संकलन गरि प्रतिपक्षी दलको तर्फबाट “राष्ट्रको नाममा सम्बोधन” को नयाँ अभ्यास गर्न सुझाएका छन् । युवानेता भण्डारीले प्रतिपक्षी ले मागपत्र को लिष्ट मात्रै सार्वजनिक नगरि आफ्नै पार्टी कार्यालय र नेताको खाली घरहरुलाई क्वारेन्टाइन बनाउन माग गरेपछि सामाजिक सन्जालमा आम जनता र नेताकार्यकर्ताले समर्थन गरे सयौं शेयर गरेको देखिन्छ ।
नेता भण्डारी भन्छन् – अहिले अन्तर्राष्ट्रिय संकटले बिश्व कहिँकतै मद्य्यावाधी मात्र होईन कुनैपनि निर्वाचन अवस्था छैन । पार्टी नेताको टङ्ग स्लिप लाई लज्जास्पद मुद्दा नबनाउन आग्रह साथ रामायणमा “अमृतधारी र विद्वान रावणलाई ज्ञानको अहंकार थियो तर रामलाई अहंकारको ज्ञान हुनाले युद्ध जितेको ” प्रसङ्ग जोड्दै सबैलाई सावधानी अपनाएर कोरोना र भोकसँगको युद्ध जित्न र लक डाउन मानेर बिश्वलाई बचाउनु सुझाएका छन् ।
अमेरिकामा लाखौं मानिस अनि कुकुर र बाघ समेत कोरोनाले बिरामी भएको पत्ता लाग्नुमा परिक्षण नै प्रमुख कारण रहेको बताउदै नेपालमा ३ करोड जनसंख्या मध्ये १०लाख प्रवासी नेपाली गाउँपाहाड फर्केको मध्ये १५सय को मात्र परिक्षण गति निकै सुस्त मान्नुपर्छ । त्यसैले अब सवै राजनीतिक दल एक भएर प्री बजेट ल्याएर ग्लोबल टेण्डर मार्फत स्वास्थय सामाग्री खरिद गर्नुको बिकल्प छैन ।
युवानेता भण्डारी जनतालाई कांग्रेस नेतृत्वले आत्मलोचना सहित सिधा कुरा – प्रष्ट विचार सहित शिर्ष नेताको “सयुक्त सम्बोधन” लाई १०बुदा सुझाव दिएपछि अहिले नेपाली कांग्रेस बाके लगायत धेरैले आफ्नो कार्यालय क्वारेन्टाइन बनाउन सरकारलाई दिएका छन् ।
नेता भण्डारीले नेपाली कांग्रेस, नेपाल तरुण दल, ने.ट्रेड युनियन कांग्रेसको केन्द्रीय कार्यलय को ७५% भाग अनि ७७ जिल्ला नेका र भातृ- शुभेच्छुकको भवन क्वारेन्टाइन, खाद्य र राहत बितरण गोदाम बनाउदै तरुण दल र नेबिसंघलाई सामाजिक दुरि कायम गर्दै स्वयंसेवक भै घरदैलो मै जनतालाई राहत र सेवा खटाउन माग गरेका छन् ।
कांग्रेस सदस्यले लक डाउनको अवधिभर आफ्नो घरभाडा नलिने घोषणा गर्ने अनि पिपिई लाई घरमा रहेको रेनकोट, बुट, चश्मा माहाबिर पुन: लगायत आबिष्कारक लाई सिल्ने-स्टिचिङ्ग गर्ने गर्न दिन पार्टीलाई सुझाएका छन् । आफू सहित पार्टीका नेताले आफ्नो उद्योग, कार्यालय वा घरमा कर्मचारी/मजदुरको तलब कट्टा नगरी अग्रिम पेश्कीको निर्देशन गर्नुपर्ने बताए । कोरोना संकटमा भ्रस्टाचार, कृतिम अभाव, अनियमिता विरुद्ध देशभर साझ बत्ती निभाएर ब्लैक आउट बाट साकेतिक बिरोध गर्न पार्टीलाई दबाब दिएका छन् । सुदुरपशिचम प्रदेश लगायत देशको विभिन्न सिमाका नेपालीलाई उद्धार र सिमा क्वारेन्टाईनमा राखेर २१ दिनमा घर फर्काउन माग गरेका छन् ।
नेता भण्डारीले बङ्गालादेश, ईरान, युरोप सहित राष्ट्रहरुमा नेपाली अलपत्र परेको समाचार आएकै बेला अष्ट्रेलियाका प्रधानमन्त्रीले नेपालीलाई घर फर्कन आदेश दिएकोले बिश्वको अन्य जुनसुकै मुलुकमा नेपालीलाई चीन झै निशुल्क उद्दार गर्न उच्चस्तरीय वार्ता टोलि गठनको माग गरेका छन् ।
नेता भण्डारीले युवा बेरोजगारी,अर्थतन्त्र, कृषि उपज, दुग्ध,पशुपन्क्षी, उद्योगव्यापार र ज्यालादारी श्रमजीवीलाई सरकारले दिने राहत प्याकेजसंग ३महिनाको कर-ब्याज मिनाहा मागेका छन् । सरकारी र निजि स्कुल, क्याम्पसलाई ३महिना शुल्क मिनाह वाफत हुने नोक्सानिको ५०%अग्रिम कर चुक्ता प्रमाण पत्र दिई आधा नोक्सानि राज्यले बेहोरे मात्र सफल हुने बताए।
धार्मिक जमघटको संभावना बोकेको स्थानमा निगरानी सहित भुटानी र रोहिङ्ग्या शरणार्थी शिविर, सुकुम्बासी, कमैया, र बिपन्न बस्तिहरुमा खाद्यान्न बितरण, कोरोना सतर्कता अपनाउदै बैशाखभित्रमा ७ प्रदेशमा ५०लाख कोरोना परिक्षण गरिनुपर्छ । अनि चाडै अबिष्कार क्रममा रहेको कोरोनाको खोप आएमा किन्न लाई बिदेशी सहयोग र राष्ट्रिय बजेट बारे सरकार, बिज्ञ, पुर्ब प्रधानमन्त्रीहरु, शिर्षनेताको भिडियो कन्फ्रेन्स गर्न युवानेता भण्डारीले सभापति देउवा मार्फत केन्द्रीय समिति र सरकारसंग माग गरेका छन्