युवा जागरण अभियानको प्रदेश संयोजक चयन

0
435

काठमाण्डौँ, भदौ ५÷युवा जागरण अभियानको प्रदेश संयोजक चयन गरिएको छ । प्रदेश अनुसार संगठन विस्तार अभियानलाई अगाडि बढाउनको लागि शुक्रवार प्रदेश संयोजक चयन गरेको अभियानका संयोजक चिन्तन पौडेलले बताए ।
संयोजकको जिम्मेवारी पाउनेहरुमा सुदुरपश्चिम प्रदेशमा इन्जिनियर भुवन भट्ट, गण्डकी प्रदेशमा शुशिल तिमिल्सिना, प्रदेश–२ मा संजीव कुमार यादव, कर्णाली प्रदेशमा ईश्वर बहादुर विष्ट र प्रदेश–१ मा पे्रमिका राना मगर रहेका छन् । अभियानको प्रदेश नम्बर–३ र प्रदेश–५ मा संयोजकको जिम्मेवारी छिटै तोकिने अभियानका संयोजक पौडेलले बताए ।
संगठन विस्तार, नीति, योजना तथा कार्यक्रम सञ्चालनको लागि प्रदेश संयोजकको जिम्मेवारी दिइएको अभियानका संयोजक पौडेलको भनाई छ । ‘संघीयताको मर्म अनुरुप संगठनलाई मजबुत बनाउन र युवालाई अभियान मार्फत सजग बनाउदै विकासमा लाग्न अभियान अगाडी बढीरहेको छ,’ पौडेलले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here