युवा सजगता अभियानका चितवन अध्यक्ष अरुणेश्वर जेसिजको अध्यक्षमा निर्वाचित

0
234

काठमाण्डौ, पुस ४ : नेपाल जेसिजको ४७ औं राष्ट्रिय महाधिवेशनबाट राष्ट्रिय अध्यक्षमा अरुणेश्वर खनाल विजयी भएका छन् । भलबारी महाधिवेशनमा खनालले आधा भन्दा बढी मतान्तरले जित प्राप्त गरे । युवा सजगता अभियान चितवन जिल्ला संयोजक समेत रहेका खनाल सामाजिक क्षेत्रमा सक्रिय छन् ।
सामाजिक अभियान्ता खनालले एक हजार ९० मत पाउँदा प्रतिष्पर्धी लालमणि भण्डारीले पाँच सय १२ मत प्राप्त गरे । सातमध्ये तीन उम्मेदवारले आफ्ना पक्षमा उम्मेदवारी फिर्ता लिए पछि उनी उच्च मनोबलका साथ मैदानमा उत्रिएका थिए ।
बिसहजार जेसिज चितवनका तर्फबाट दोश्रो पटक अध्यक्षको दौडमा उत्रिएका खनालले यस अघि नेपाल जेसिजमा कार्यकारी उपाध्यक्ष, महासचिवलगायतका पदमा काम गरिसकेका छन् । हाल चितवन बस्दै आएका खनाल तनहुँ भानु नगरपालिका चुँदीका हुन् । युवा सजगता अभियानका संयोजक चिन्तन पौडेलले खनालको विजय जेसिज नेतृत्वको लागि महत्वपुर्ण भएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here