युवा सजगता अभियानको गण्डकी प्रदेश कार्यसमिति गठन

0
985

काठमाण्डौं,असोज १९ : युवा जागरण (सजगता) अभियानको संगठन विस्तार अभियान अन्र्तगत गण्डकी प्रदेश कार्यसमिति गठन गरिएको छ । आइतवार गण्डकी प्रदेश कार्यसमिति गठन गरिएको गण्डकी प्रदेश संयोजक सुशिल तिमल्सेनाले बताए । गण्डकी प्रदेश कार्य समितिको सचिवममा सुभास पौडेल ( लमजुङ ) , सह–सचिवमा मदन कृष्ण अधिकारी ( तनहुँ ) नियुक्त भएका हुन् ।
त्यस्तै सदस्यहरुमा युवराज आले (तनहुँ), ओमवीर गुरुङ (लमजुङ), माधव बस्याल (स्याङ्जा) र सतिश न्यौपाने (नवलपुर) लाई चयन गरिएको अभियानका गण्डकी प्रदेश संयोजक तिमल्सेनाले जानकारी दिए ।
युवा जागरण (सजगता) अभियानले संगठन विस्तार अभियानलाई तिब्रता दिइरहेको छ । संगठन विस्तारको क्रममा नीति, योजना तथा कार्यक्रम सञ्चालनको लागि प्रदेश कार्यसमिति गठन गरिएको अभियानले जनाएको छ ।
सामाजिक विकास बाट नै राष्ट्रको उन्नती सम्भव छ भन्ने उदेश्यका साथ अभियान सञ्चालनमा आइरहेको अभियानका संयोजक चिन्तन पौडेलले बताए । ‘युवामा भएको राजनीतिप्रतिको वितृष्णा कम गराउने, स्वदेशमै रोजगारीको सिर्जना गर्ने प्रेरित गर्ने, सिपमुलक तालिम र व्यावसायीक दक्ष जनशक्ति निर्माण गरि उद्यमशिल बनाउने अभियानको लक्ष्य हो,’ उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here