युवा सजगता अभियानको जर्मनी, नेदरल्याण्ड्स र क्यानडा संयोजक चयन

0
292

काठमाण्डौ, कात्तिक २६ : युवा जागरण (सजगता) अभियानले संगठन विस्तार अभियानलाई तिब्रता दिएको छ । संगठन विस्तार अभियान अन्र्तगत जर्मनी, नेदरल्याण्ड्स र क्यानडा संयोजक नियुक्त भएका छन् । अभियानको संगठन विस्तार, नीति, योजना तथा कार्यक्रम संचालनको लागि युरोप क्षेत्र अन्र्तगतको जर्मनी संयोजकमा तेजेन्द्र बहादुर कार्की, नेदरल्याण्ड्स संयोजकमा अच्युत कट्टेल नियुक्त भएका छन् । त्यस्तै अमेरिकाज क्षेत्र अन्र्तगत क्यानडा संयोजकमा रामहरि कोइरालालाई बिदेश संयोजक तोकिएको अभियानका केन्द्रिय अध्यक्ष चिन्तन पौडेलले बताए । नेपालका विभिन्न जिल्लाहरुमा आफ्नो संगठन विस्तार गरिरहेको अभियानले बिदेशमा पनि युवा सजगता अभियानको संयोजक तोक्दै आएको छ ।
सामाजिक विकासबाट नै राष्ट्रको उन्नती सम्भव छ भन्ने उदेश्यका साथ अभियान सञ्चालनमा आइरहेको अभियानका संयोजक चिन्तन पौडेलले बताए । ‘युवामा भएको राजनीतिप्रतिको वितृष्णा कम गराउने, स्वदेशमै रोजगारीको सिर्जना गर्ने प्रेरित गर्ने, सिपमुलक तालिम र व्यावसायीक दक्ष जनशक्ति निर्माण गरि उद्यमशिल बनाउने अभियानको लक्ष्य हो,’ उनले भने । युवा सजगता अभियानले देश तथा बिदेशमा अभियान विस्तार गर्दै युवाहरुलाई नेतृत्व तथा व्यक्तिव विकाससँगै विभिन्न सिपमुलक तालिम सिकाउने गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here