काठमाडौं जेठ २२: नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पाैडेलले रूकुमकाे चाैरजहारी घटनाकाे ढाँकछाेप गरि दोषी लाइ उन्मुक्त्ति दिन सरकारनै लागेकाे बिज्ञपति मार्फत आराेप लगाएका छन।
वरिष्ठ नेता पौडेलको बिज्ञपति
प्रेस वक्तव्य
हत्या हिंसाका घटनालाई सत्ताको आडमा ढाकछोप गर्ने , जातीय भेदभावको कलँकलाई जीवितै राख्न जनप्रतिनिधिनै अघि सरेर आधा दर्जन बढी होनहार किशोरहरुलाई हत्या गरेर भेरीमा फाल्ने जस्ता जघन्य अपराध भै नै रहनेहो भने परिवर्तन दिशाहीन हुन पुग्छ । तसर्थ सबै अवसरवादी र प्रतिक्रियावादी व्यवहार विरुद्द सशक्त साँस्कृतिक आन्दोलन चलाऔँ । लोकतन्त्रका पहरेदार कर्मशील बनौं ।
जय नेपाल !
रामचन्द्र पौडेल
२०७७/२/२२