विदेशमा रहेका दभुङ्गका दाजुभाईहरुले गरे मृगौला पीडित श्रेष्ठलाई आर्थिक सहयोग

0
771

तनहुँ, भदौँ २
मृगौला पीडित रामलाल श्रेष्ठको उपचारको लागि विदेशमा रहेको दभुङ्गका दाजुभाईहरुले आर्थिक सहयोग गरेका छन् । पुख्र्यौली थलो साविक जामुने ९ दभुङ्ग भई हाल व्यास ४ दमौलीमा बस्दै आएको श्रेष्ठलाई आर्थिक सहयोग गरेका हुन् ।
कुल २ लाख ५० हजार २ सय १ रुपैयाँ रकम श्रेष्ठको उपचारको लागि हस्तान्तरण गरिएको हो । उक्त रकम म्याग्दे दमौली सम्पर्क समाजका संयोजक भाग्यशाली ढुङ्गाना, उपसंयोजक मनिराज थापा, संचारकर्मी सुमन श्रेष्ठ लगायतले पीडित श्रेष्ठलाई हस्तान्तरण गरेका थिए । कतारमा कार्यरत दाजुभाईहरुबाट ५४ हजार ८ सय ८६, मालेसियामा कार्यरत दाजुभाईहरुबाट ४९ हजार ८ सय ३६,युएईमा कार्यरत दाजुभाईहरुबाट २५ हजार ४ सय, साउदीमा कार्यरत दाजुभाईहरुबाट २१ हजार ४ सय, कुबेतमा कार्यरत दाजुभाईहरुबाट १२ हजार ७ सय २७, बहराइन र ब्रुनाइमा कार्यरत दाजुभाईहरुबाट १४ हजार २५ रुपैया गरी जम्मा १ लाख ७८ हजार ८९ रुपैया संकलन भएको थियो ।
त्यसैगरी मलेसियाको जि अल्ली नामको चस्मा कम्पनिमा कार्यरत महेन्द्र कुमार श्रेष्ठ, रामचन्द्र श्रेष्ठ, गणेश कुमार श्रेष्ठ लगायतको पहलमा कम्पनीमा कार्यरत नेपालीहरुबाट उठाइएको रकम ३३ हजार ७ सय ५४, मलेसियाकै ग्रिनोपलस (बोतल) कम्पनीमा कार्यरत प्रताप श्रेष्ठबाट र सेकुरेटी कम्पनीमा कार्यरत धन नारायण श्रेष्ठको पहलमा कम्पनीमा कार्यरत नेपालीहरुबाट २४ हजार २ सय ३८ र कतारमा कार्यरत अविनाश श्रेष्ठको पहलमा १४ हजार १ सय ९० रुपैया गरी ७२ हजार १ सय २२ रुपैया संकलन गरेका थिए ।
ब्रुनाइ स्थित रेशम श्रेष्ठले दुबै मृगौलाले फेल भएको खबरले सबै दाजुभाईहरु चिन्तित भएको हुँदा उहाँको उपचारको लागि एकजुट हुन भुमिका खेली सहयोग गरेको बताए । तनहुँको म्याग्दे १ दभुङ्ग घर भई हाल कतार बस्दै आउनु भएका कृष्ण कुमार श्रेष्ठले यस्तो परिस्थितिमा उपचारमा सहयोग पुगोस् भन्दै अन्य व्यक्तिहरुलाई पनि रकम संकलन गर्न प्रेरित होउन भनेर रकम सहयोग गरेका बताए । आफू मात्र बाचेर हुदैन अरुलाई पनि बचाउनुपर्छ भन्ने उद्देश्यले दाजुभाईहरु दुखसुखमा एकजुट हुने उनीहरुले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here