विद्यालय सञ्चालन गर्ने बिषयमा निजी विद्यालय र सरकारबीच वार्ता हुने

0
832

काठमाडौं, असार १४ः सरकार र निजी विद्यालयहरुको संस्था प्याब्सन र एन प्याब्सनबीच तनाब बढ्न थालेपछ सरकारले सहजीकरणका लागि वार्तामा बोलाएको छ ।

शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री गिरिराजमणी पोखरेलको निर्देशनमा मन्त्रालयका सहसचिव कृष्णप्रसाद काप्रीले दुई निकायलाई वार्तामा बोलाएका हुन् ।

मन्त्रालयका सह सचिव काप्री र केही अधिकारीले वार्ताको विषयमा कसैलाई जानकारी दिएका छैनन् । वार्ता प्याब्सन, एन प्याब्सन र शिक्षा मन्त्रालयका अधिकारीको सहभागिता हुने बताइएको छ ।

आइतबार ४ बजेदेखि हुने भनिएको वार्ता कसरि विद्यालय सञ्चालन गर्ने बारेमा केन्द्रित भई हुने। सिफ्ट गरी विद्यालय सञ्चालन गर्ने, वक्यौता उठाउने, नयाँ भर्ना लिन प्रकृया शुरु गर्ने लगायतका विषयमा छलफल हुने बुझिएको छ ।

केही ठूला विद्यालयका कारण शुल्क र नयाँ भर्ना गर्ने विषयमा सरकारसँग तनाव भएपछि सरकारले विद्यालय सञ्चालकलाई वार्तामा बोलाएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here