वीरगञ्‍जमा थप दुईजनामा कोरोना भएकाे पुष्टि

0
1258
1203953773

काठमाडौं- बैशाख १४ आइतवार वीरगञ्‍जमा थप दुईजनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएकाे छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा टेकुमा गरिएको परीक्षणमा वीरगञ्‍जका दुईजनामा आइतवार कोरोना पुष्टि भएको हो।

थप भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुगेको छ। संक्रमितमध्ये १६ जना निको भएर घर फर्किसकेका छन्। स्वास्थ्य मन्त्रालयका सह-प्रवक्ताको भनाइ अनुसार दुवैजना वीरगञ्‍ज निवासी पुरुष रहेकाे जानकारी दिएका छन् ।

उनीहरुकाे हाल वीरगञ्‍जस्थित कोरोना अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको बताइएको छ भने कोरोना संक्रमित दुवैको अवस्था सामान्य रहेको जनाइएकाे छ।

वीरगञ्‍जकै कोरोना विशेष अस्पतालमा उपचाररत चारजना आजै डिस्चार्ज हुँदैछन्। डिस्चार्ज हुनेमा तीनजना भारतीय हुन् भने एकजना नेपाली रहेका छन्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here