शत्रु कथा र नेपाली कांग्रेसका वैचारिक शत्रु

0
1603
लक्ष्मी पाण्डे ः
साथी सबै प्रकारका हुन्छन्। समाजमा रहेपछि हरेकसँगको सम्बन्ध र सहकार्यलाई स्विकार्दै हिड्नु पर्दछ। तर विचारको रुपमा नेपाली कांग्रेसमा रहिरहँदा कम्युनिष्टहरुसँगको सहकार्य स्वीकार्य हुन्न, किनभने बिपीले आफ्नो जीवनकालमा कम्युनिस्टहरुलाई आफ्नो प्रतिद्वन्दी वा विचारको शत्रुको रुप लिनु भएको थियो।
हुन त यो मेरो लेखन प्रयास मात्र हो । म को नै हु र ? बिपीका कृति र विचारको शत्रु यहि नै हो भन्ने किटान गर्ने। तर नेपाली कांग्रेसप्रति पारिवारिक मोहले सधै बिपीका विचारहरुले अनुयायी बनाइ रहयो। शत्रु कथा मलाई सारै नै मन पर्छ। महामानव विशेश्वर प्रसाद कोइराला नेपाली कथा इतिहासका सामाजिक यथार्थवादी कथाकार हुन् l
पात्रको मनमै केन्द्रित रही कथा संरचना गर्ने कथाकार कोइरालाले कथामा कथा वस्तु लघु रूपमा प्रयोग गर्नु भएको पाइन्छ l मानवीय मनका चेतन, अर्धचेतन र चेतन परिस्थितिको पेरिफेरि भित्र फरक फरक पात्रको मनमा सहज विचरण गर्न सक्ने कोइरालाका कथामा उच्च, मध्यम र निम्न वर्गीय चरीत्रको मनोदशा कथानक उजारण भएको हुन्छ l
कथा र उपन्यासको क्षेत्रमा विशिष्ट रुपमा प्रस्तुति राख्नुहुने महामानव कोइरालाको शत्रु कथा एक सरल र सफल मनोवैज्ञानिक कथा हो। अवगुणलाई सम्मान गर्नु गाह्राे कुरा हो, यस्तो लाग्छ कि कम्युनिस्टहरुलाई सम्मान गरे जस्तो। कथाकार बिपी कोइरालाले आफ्नो जीवन भर कम्युनिस्टहरुसँग साथ र सहायोग रोज्नु भएन।
कथामा समय कसरी परिवर्तन हुन सक्छ भन्ने मनोवैज्ञानिक सत्यलाइ कृष्ण राय माथि बज्रेको लट्ठी मार्फत सबै समाजलाई चेतावनी दिनु भएको छ। हरेक घटनाले शत्रुताको सम्बन्ध राख्न सक्छ। समयले मित्र र शत्रु पनि जन्माउँछ। कृष्ण रायको निस्वार्थ सेवा, न्यायको पक्षमा पनि शत्रु जन्मने यथार्थलाई कथामा सरल रुपमा प्रस्तुति गरिएको छ।
कृष्ण राय माथि लट्ठी प्रहार नहुँदा सम्म उनलाई यो समाजमा आफ्नो कोहि शत्रु नभए झैं लाग्छ। तर एकदिन उनैमाथि लट्ठी प्रहार भएसँगै हरेक व्यक्ति माथि शंका उत्पन्न हुन्छ। कम्युनिस्ट र काङ्ग्रेसको वैचारिक शत्रुको रुपमा राजा भएकाले राजा फाल्न कांग्रेसलार्इ  खासै गाह्राे भएन। राजा समाप्त भैइसकेपछि नेपाली राजनीतिको वैचारिक शत्रुको रुपमा फेरि माओवादी र एमाले देखा पर्छ्न। यी दुबै फेरि एक भए र देशमा कम्युनिस्ट विचारधारको बहुमत छ।
यसरी यी दुईमा फरक छुट्याउन नेपाली कांग्रेसलाई सारै गाह्राे भैराखेको थियो। यी दुई खराब विचार धार एक भएपछि अहिले नेपाली कांग्रेसको वैचारिक प्रतिद्वन्दीको रुपमा नेपाल कम्युनिस्ट पार्टीलाई लिन सकिन्छ। कृष्ण रायको घर लाठी प्रहार भए झै भएको छ। भनिन्छ प्रगति गर्ने ठूलो प्रतिद्वन्दी वा शत्रु चाहिन्छ।
दुईतिहाईको भारी बहुमत नेपाली काङ्ग्रेसको ठूलो वैचारिक शत्रुको रुपमा प्रष्ट भइरहेकै छ। महामानव वी पी कोइरालाले झै हामी नेपाली कांग्रेसले पनि कम्युनिस्ट संग विचारको संगत र सहाकार्य कहिले पनि गर्नु हुन्न। तर सामाजिक रुपमा हामी सबैसँग एक हुन पर्छ। जय नेपाल !!!
(लेखक पाण्डे नेपाली कांग्रेस कास्कीकी कोषाध्यक्ष हुन्)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here