सत्ता र प्रतिपक्षी मिलेर बजेट नआए बिद्रोहको संभावना

0
1051

काठमाडौँ जेठ १३ ,एनआरएन अगुवाको बिश्व सम्मेलन मार्फत नेपाल सरकार, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, पुर्ब प्रधानमन्त्री बाबुराम भट्टराई, पूर्व अर्थमन्त्री डा. रामशरण, अर्थमन्त्री डा. यूवराज खतिवडा र राप्रपा अध्यक्ष पशुपतिशमशेर राणालाई आगामी अर्थबिज्ञको सुझाव लिई सरकार र प्रतिपक्षीको सर्वदलीय बजेट नल्याए बिद्रोह हुने चेतावनी युवानेता र एनआरएनले दिएका कांग्रेस युवानेता क्षितिज भण्डारी बताउँछन ।

अर्थमन्त्रालयमा दिईएको सुझाव नेपाल सरकार र प्रतिपक्षी दल बिच आर्थिक मुद्दामा एकताको लागि पहलकदमी गरिएको नेता भण्डारीले जानकारी दिए । नेबि संघका पुर्ब कावा केन्द्रीय अध्यक्ष समेत रहेका नेता भण्डारीका अनुसार जुम मिटिङ्ग र सम्वाद मार्फत कोरोना संकट केन्द्रित बजेट बनाउदै नेपालमा बार्षिक ९ खर्बको रेमिट्यान्स भित्र्याउने प्रवासी नेपालीप्रति दुर्व्यवहार, सिमा नेपालीको दुख , लक डाउनले स्कुल- क्याम्पसका बिद्यार्थीको भबिस्य, उद्योगव्यवसाय, शेयरबजार र बैकिङ क्षेत्र धरासायी हुनबाट बचाउने उपाय बारे विश्वव्यापी अनुभव र ज्ञान समेटेर सर्वसम्मत बजेट ल्याउनुपर्नेमा सरकार लाई सुझाएको बताए । प्रमुख प्रतिपक्षी दल कांग्रेसको तर्फबाट गठित आर्थिक समितिका संयोजक एवं पूर्व अर्थमन्त्री डा. रामशरण महतले नेपाल सरकारलाई एनआरएन तथा यूवानेताहरुको सुझाव प्रतिवेदन निकै व्यवहारिक रहेकोमा धन्यवाद दिए ।

डा. महतले सुझाव पार्टीमार्फत सरकारलाई दिइने बेला एनआरएनको सुझाव पनि समावेश गर्ने बताउँदै तर कार्यान्वयन गर्नुपर्ने मुख्य जिम्मेवार पक्ष सरकार रहेको बताए । नेपाली अर्थतन्त्र उकास्नका लागि कोरोना संक्रमण न्युनीकरण बजेट निर्माण नै पहिलो प्राथमिकता हुनुपर्ने नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेले बताए । नेता घिमिरेले १५ हजार नलिइ निशुल्क स्वास्थ्य परीक्षण गर्न अनि प्रत्येक स्थानीय तहमा अस्पतालमा बजेटको ५०% रकम खर्च गर्नुपर्ने बताए। त्यस्तै संविधानसभा सदस्य रञ्जित कर्णले जनतालाई तत्काल अल्पकालिन र दीर्घकालिन राहत रणनीतिक योजना नै बजेटको प्राथमिकता हुनुपर्छ भन्दै कोरोनाबाट प्रताडित बिपन्नलाई मासिक नगदै राहत दिन माग गरे ।

नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डेले भारतमा राजदुतको अकर्मण्यताले निकै दुख पाएको बताउदै स्वदेश फिर्ता को वातावरण बनाउदै प्रशासनिक खर्च घटाउदै सानो मन्त्रीमण्डल बनाउन जोड दिए । कांग्रेसका युवानेता रमेश महतले कृषक लाई फलफुल, तरकारी, जटिबुटी, मासु र दुधजन्य उत्पादनलाई निशुल्क बिमा, तालिम,आर्गेनिक मल, दाना र बीउ दिई बजार मुल्यको ग्यारेन्टी गर्ने प्राबिधिक बजेट ल्याउन सुझाव दिए ।

कांग्रेस नेतृ मृदुला कोइरालाले विदेशमा रहेका नेपालीलाई ससम्मान स्वदेश भित्र्याउनु पर्ने उल्लेख गर्दै २०४६ सालदेखि बाहिरिएका सबै भ्रष्ट्राचार काण्डमा निष्पक्ष छानविन र कार्वाही गर्न अख्तियारलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्नुुपर्ने बताईन । बरिस्ठ पत्रकार ईन्द्र रिजालले लामो लकडाउनले सर्वसाधारणको ढाड सेकिएको भन्दै आगामी बजेटले जनतासँग कर बढाउनुको सट्टामा सांसद विकास कोष, आयोग र भीआईपीको सुविधा खारेज गर्नुपर्ने बताए । नेपालमा उत्पादन हुने उच्च गुणस्तरीय गाँजालाई बैधानिक तवरले बिदेशमा बेचेर वैदेशिक मुद्रा आर्जनको नीति राज्यले लिनुपर्ने सचिव कृष्णप्रसाद सापकोटाले बताए ।

कांग्रेसका यूवा नेता चिन्तन पौडेलले वैदेशिक रोजगारी छोडेर नेपाल फर्किने नेपालीलाई सरकारले उनीहरुको अनुभव र सीप प्रयोग गर्नलाई १ लाखदेखि १५ लाखसम्म बिना धितो ५%ब्याजमा ऋण दिनुपर्ने सुझाव दिए । ईन्जिनियरिङ कलेज प्रिन्सीपल दीपेन्द्र भट्टले लकडाउनले पठनपाठन प्रणाली नै तहसनहस बनाएकोले एसईई खारेज गर्दै फ्री ईन्टरनेट र सरकारी विद्यालयमा फ्री ल्यापटप दिएर डिजिटल शिक्षा युगमा प्रबेश गर्न सुझाव दिए । एनआरएनका पूर्वकोषाध्यक्ष हिक्मत थापाले अफ्रिकी मुलुकमा अवैध कामदारका रुपमा फसेका चेलीवेटीको तत्काल उद्धार गर्नुपर्नेमा जोड दिदै कोरोना कोष सुदृढ गर्न मदिरा र अमेरिका नारायण थापाले चुरोटको मूल्य दोब्बर गर्दै सुर्तीजन्य उत्पादन अनि बिक्रीवितरणमा प्रतिबन्ध लगाउनुपर्ने बताए ।

नेपाली जनसम्पर्क समिति बेल्जियमकी अध्यक्ष सीता सापकोटाले यूरोपमा रहेका नेपालीहरुको पीडालाई संबोधन गर्नुपर्ने बताउँदै उधोग ऋण, बिद्युत, खानेपानी र ईन्टरनेटमा विशेष सहुलियत दिन सुझाव दिईन । दक्षिण कोरियाका अध्यक्ष आस्थाबिन्दु मल्लले लिम्पियाधुरासहित मिचिएको सीमाना नक्सामा होइन ब्यवहारमा फिर्ता ल्याउन माग गरिन् । युवानेता चिरञ्जीवी थापाले होटेल, रेष्टुरेन्ट, ट्राभल्स, म्यानपावर, कन्सल्टेन्सी टाट पल्टिन नदिन ठूला आयोजनाको बजेटलाई उद्यमी राहत प्याकेजमा डाईभर्ट गर्नुपर्ने माग गरेका छन् ।

इजरायलकी एनआरएन नेतृ दीपिका भुषाल बजेट परीक्षण कीट र सयौं भेन्टिलेटर खरिदमा मात्र केन्द्रित गर्नुपर्ने बताईन । साईप्रसकी नेतृ रिता दुलालले विदेशमा बिद्यार्थीहरु लकडाउनले गर्दा शिक्षा र रोजगारी दुवैबाट बञ्चित भै भोकभोकै बस्नुपरेको सरकारसँग उद्धारको माग गरिन । अष्ट्रेलियाका प्रधानमन्त्रीले नेपाल फर्किन आग्रह गरेको परिपेक्ष्यमा नेपाल फर्किन चाहने नागरिकलार्ई अबिलम्ब उद्धार गर्न चीनमा झैं जहाज पठाउन मदनराज पौडेलले माग गरे ।

जर्मनीका प्रवक्ता सिजन दाहालले सरकारले एनआरएनलाई सुकुम्बासी र शरणार्थी झै व्यवहार नर्गन चेतावनी दिए । जापानका डीपी कडेलले जापान सरकारले होटेललाई क्वारेन्टाइन र आईशोलेसन वार्ड बनाई डाक्टर र नर्सलाई पनि घर जान नदिएर होटेल मै राखिएकोले संक्रमण दरमा घटेको उपाय सिकाए । ईजोडोमका नेपाल प्रमुख लण्डनका ह्यन्सन गौचनले लकडाउनलाई बिस्तारै खुकुलो पार्दै बैंकको ब्याज घटाउनेदेखि कर्जाको पुर्नसंरचना गरि करजरिवाना मिनाहामा जोड दिएको सुजन सापकोटाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here