सभापति देउवाले विधान मिचेको पौडेल पक्षको आरोप

0
855

काठमाडौं साउन १७ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस अहिले १४ औँ महाधिवेशनको संघारमा छ। महाधिवेशन आउन करिब ७ महिना बाँकी रहेका बेला पार्टी सभापति शेरबहादुर देउवाले विभाग बढाएर एकलौटी रुपमा मनोनीत गर्ने क्रम तीव्र पारेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष देउवाविरुद्ध खरोरूपमा उत्रिन थालेको छ।

कांग्रेस विधानअनुसार महाधिवेशन भएको ६ महिनामा विभाग गठन गरिसक्नुपर्ने उल्लेख छ। तर, ४ वर्षे कार्यकाल सकिएर थपिएको १ वर्ष सकिन पनि ६/७ महिना मात्र बाँकी रहेको र महाधिवेशनको मुखैमा एकपक्षीय ढंगले विभाग गठन गर्नु गलत प्रवृत्ति रहेको पौड्याल पक्षको दाबि छ ।

निहित स्वार्थका लागि पटकपटक अधिवेशन स्थगित गराउदै ल्याएर सारा भातृ संस्थाहरुको अस्थिपन्जर मात्र बाँकि राख्ने , त्यसमाथि अब अहिले म्याद थप्न पार्टीको बैठक सम्म राख्न आवश्यक नठानी केवल निर्देशानुसार भन्दै नौ नौ वटा भातृसंस्थाको म्याद थप्ने बिज्ञप्ति जारी गराउने जस्तो निर्लज्ज कार्यले पार्टीको संगठन र यसको आन्तरिक लोकतन्त्रलाई धज्जी उडाएको भन्दै पौड्याल पक्षले बिरोध जनाएको छ।

महाधिवेशन सकिएको ६ महिनामा गठन गर्नुपर्ने विभाग सभापतिको ४ वर्षे कार्यकाल सकिएर थपिएको एक वर्षसमेत सकिन लागेका बेला गठन र विस्तार गर्नु भनेको पद दिएपछि अधिवेशनमा प्रभाब पार्न गरिएको मात्र हो भन्दै पौड्याल पक्षले बिरोध जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here