सरकार तर्सिएर घुडा टेक्दै पुर्बराजदम्पतीलाई पास दिन बाद्य्य :नेता भण्डारी

0
918

काठमाडौ -जेस्ठ २, नेपाली कांग्रेसका चर्चित युवानेता क्षितिज भण्डारीले पुर्ब राजारानी र पहुँचविहिन गरिबको पास रद्ध गर्ने सरकारी पक्षपातपुर्ण नीति विरुद्ध जनआक्रोश बढेपछि डराएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई घुडा टेकेको बताएका छन् ।

लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ दर्जनौं पटक जेल र मरणासन्न घाईते भएका चर्चित नेता भण्डारीले हिजो सरकारलाई यो निर्णय नसच्चाउने हो भने पुर्ब राजा पैदल नै प्रधानमन्त्रीको जिल्लाबाट हिडेर काठमाडौ आउदा हजारौं नागरिक पनि संगसंगै नारायणहिटितर्फ लागेमा, त्यसको भयावह परिणाम समेत दुरदर्शित नेताका रूपमा अनुमान गर्न चेतावनी दिएपछि अहिले गृह मन्त्रालयले आफ्नै निर्णय उल्टाउदै पास जारी गरेको छ ।

नेबिसंघ पुर्ब कावा अध्यक्ष रहेका भण्डारीले सामाजिक सन्जाल मार्फत सरकारको पर्दाफाश गर्दै झापामा बिगत डेढ महिनादेखि लक डाउन परिपालना गरेर सय बर्ष कि वृद्ध आमा रत्नालाई भेटन काठमाडौं फर्कनलाई पुर्ब राजादम्पतीले किन पास पाएनन भनेरप्रश्न तेर्साएका थिए ।

पुर्ब राजारानीद्वारा जिल्ला प्रशासनमा निवेदन दिदा पास जारी गरेर पनि पटक-पटक रोकिने षड्यन्त्रपुर्ण प्रसङ्ग उठाउदै यो सरकारको मनोबलीढङ्गले पुर्बराजाको अपमान गरिएको आशन्का गर्छ्न – यो कोरोना महासंकटमा पुर्ब राजाले गरेको करोडौं सहयोग अनि सरकारले सिमा रक्षा गर्न नसकेको प्रसङ्ग गरेको आलोचनाको कारणले काठमाडौ आउन नदिएर हतोत्साहित पार्न खोजिएको हो भन्ने भण्डारीको तर्क थियो ।

भण्डारीले दुईतिहाईको बर्तमान सरकारले जनहितमा काम गर्नुको सट्टामा सयौं भ्रष्टाचार र सिमा रक्षामा असफलताको काण्डहरुलाई डाईभ्रट गर्न आलोचकलाई जेल हाले झै बृद्धअबस्थाका पुर्ब राजारानीलाई राजधानी बाहिर नै थन्काउने मुर्खतापुर्ण रणनीति जनदबाबले असफल भएको बताउँछन । नेता भण्डारी भन्छन् – हामी राजावादी पनि होइनौ र हामीलाई राम्रोसंग ज्ञात छ कि – नेपालको संविधानले पूर्वराजा ज्ञानेन्द्र शाहलाई आम नेपाली नागरिक सरह मात्र हैसियत दिएको छ !

तर ओलि सरकारलाई समेत यो स्मरण रहोस यही नागरिक सरह समान हैसियत पुर्ब प्रधानमन्त्री, पुर्ब मन्त्री, सचिब र सुरक्षानिकाय प्रमुखको पनि हो । त्यसमाथि पुर्ब राजपरिवारको अपमान गर्दै स्वास्थय संबेदनसिल मुद्दामा पास खारेजको आत्मरतीमा रमाउनुको सट्टामा सरकारले न्यायपुर्ण र समान व्यवहारको माग देशब्यापी रुपले उठेपछ गृह मन्त्रालयले दुईपटकसम्म पास उपलब्ध नगराउने निर्णयको विरोध थेगन नसकेर पास उपलब्ध गराएको छ ।

नेता भण्डारीका बिपन्न र पहुँच नभएको नागरिकलाई अस्पतालको पुर्जा लिएर एम्बुलेन्स बुक गरेर हिड भन्नू पनि अज्ञानता र दम्भको पराकाष्ठा नमुना हो । दोस्रो जनआन्दोलन पछि शान्तिपूर्ण गद्दी त्याग गरेका पुर्ब राजालाई बिगतको सरकारहरुले सुरक्षाकर्मी, नागार्जुन दरबार र अति विशिष्ट सुबिधा सहित पुर्ब राष्ट्र प्रमुख सरह सम्मान दिदै आएको जनतालाई अवगतै छ ।

त्यसैगरी बिगतमा पनि पुर्ब राजाले मठमन्दिर दर्शन अभियान गर्दा वा जनताको सुख को प्रसङ्ग उठाउदा गणतन्त्रको जग कमजोर पार्ने षड्यन्त्र गरेको नकारात्मक टिप्पणी सरकार र शिर्ष नेताले गर्दै आएको मुद्दामा नेपाल सरकारसंग भण्डारीको प्रश्न छ – के हाम्रो लोकतान्त्रिक गणतन्त्रको जग सिमेन्टको नभएर कमजोर बालुवाको हो र? जुन पुर्ब राजाले धार्मिंक यात्रा गर्दा, केही करोड जनतालाई बडदा, भ्रष्टाचार र सिमा सुरक्षाको मुद्दामा बोल्दा नै भुकम्प झै हल्लिन्छ? ।

यस्तो जगहसाईपुर्ण कुन्ठाग्रस्त मनोबिज्ञान त्यागेर राजादेखी पहुँचबिहिन र गरिब नागरिकलाई समेत स्थानीय तह बाट आवश्यकताको आधारमा पास बितरण गर्दै संविधानको मर्म अनुसारको पुर्ब राजा, शासक र जनता समान व्यवहारको माग गर्दै निर्णय सच्चाउन सर्वप्रथम प्रधानमन्त्री ओलीलाई युवानेता भण्डारीले चेतावनी दिएपछि सामाजिक सन्जाल समर्थन बढ्दो देखिन्छ ।

अहिले राजदम्पती साझ काठमाडौ पुग्दा सयौं शुभचिन्तक र जनताहरु फुलमाला सहित स्वगातको तयारी गर्दैछन् । राजाको काठमाडौ आवगमन र स्वागत बिषय आफुसंग सम्वन्धित नरहेको अनि पुर्ब राजारानी संग जीवन कहिले भेट समेत नभएको तर लोकतान्त्रिक अधिकार रक्षा को पास मुद्दामा मात्र पुर्ब राजारानी लाई साथ दिएको युवानेता भण्डारीको दाबी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here