सर्तकता अपनाएर नियमित काम गर्न विज्ञको सुझाव

0
489

काठमाण्डौं, असोज ११ : कोरोना भाइरसबाट जोगीन स्वास्थ्य सर्तकता अपनाउनुको विकल्प नभएको वक्ताहरुले बताएका छन् । कोभिड १९ को अन्त्य कहिले हुन्छ भन्ने अझै अन्योल नै भएको अवस्थामा यसबाट जोगिन व्यक्तिले आफ्नो आनीवानीमा परिवर्तन गर्नुपर्ने चिकित्सकहरुको भनाई छ । स्वास्थ्य सुरक्षा अपनाएर नियमित काम गर्न समेत उनिहरुको सुझाब दिएका छन् ।
युवा जागरण (सजगता) अभियानले भर्चुअल प्रविधिमार्फत शनिवार गरेको “कोरोना भाइरस र जन जीवन” विषयक अन्तरक्रियामा कोभिडको क्षेत्रमा अध्ययन अनुसन्धान गर्दै आएका चिकित्सकहरुसंग यसको उपचारको बारेमा चर्चा गरिएको हो ।
अन्तरक्रियामा एसियाकै उत्कृष्ट स्वास्थ्य विज्ञान प्रतिष्ठान अखिल भारतीय आयुर्विज्ञान संस्थान (नयाँ दिल्ली) भारतका प्रा. डा. निरज निश्चलले कोरोना अहिले विश्वको चुनौतीको रुपमा देखा परेको बताए । कार्यक्रमका विशेष अतिथि समेत रहेका प्रा डा निरजले स्वास्थ्य क्षेत्रका चुनौतिहरू र मार्च २०२० देखि शुरू भएदेखि हालसम्म कोरोनाको अवस्था, कोरोनाको विरामी लक्षण अवस्थाको विषयमा जानकारी गराएका थिए । कोरोना भाइरसको सुरुको चरणमा सबैमा एकदमै त्रासको अवस्था रहेको डाक्टर नीरजले बताए । ‘ज्ञान र अनुभवका साथ जब हामीले ज्यान जोगाउने प्रयास ग¥यौ,’ उनले भने, कोभिड १९ विश्वभर फैलिएको बताउदै डाक्टर निरजले भाइरससँग भएरहित भएर सावधानी अपनाउन कोशिस गर्न सुझाब दिए । ‘आफ्नो काम लाई समेत सचेत भएर निरन्तरता दिनुपर्छ,’ उनले भने । कोभिडबाट जोगिनको लागि आफ्नो व्यक्तिगत बानीमा परिवर्तन गर्नुपर्ने उनले दाबी गरे ।
पाटन स्वास्थ विज्ञान प्रतिष्ठान मेडिसिन विभागका प्राध्यापक डा. ज्ञानकृष्ण कायस्थले कोरोनाको बास्तविकता एवं यसको असर र सर्तकताको विषयमा भनाई राखे । उनले हाम्रो व्यक्तिगत बानीमा परिवर्तन गरेर पलपलमा कोरानासंग जोगिनुपर्ने बताए । डा कायस्थले वर्तमान परिदृश्य, परीक्षण विधि र कोरोनाका बिरामीहरूलाई कसरी व्यवहार गर्ने भन्ने बारेमा समेत स्पष्ट्र पारे । ‘दैनिक जीवन चलाउन र भाइरसबाट आफूलाई सुरक्षित राख्न धेरै सावधानी अपनाउनु आवश्यक छ,’ उनले भने ।
अमेरिकाको फ्लोरिडामा कार्यरत आन्तरिक चिकित्सा अस्पतालका डाक्टर अनुज्ञा पौडेल चटौटले कोरोनाको महामारीबाट जोगिनको लागि पर्याप्त सावधानी अपनाउनुपर्ने आवश्यकता रहेको बताइ्न ।कोभिडबाट जोगिनको लागि भौतिक दुरी महत्वपुर्ण भएको डाक्टर अनुज्ञाले बताइन् । ‘ भौतिक दुरीको प्रयोग, माक्सको प्रयोग एवं अतिरिक्त सावधानी अपनाउँदा हामी यो भाइरसबाट जोगिन सक्छौ,’ उनले भनिन् ।
युवा जागरण (सजगता) अभियानका संयोजक इन्जिनियर चिन्तन पौडेलले कोभिडका कारण आम मानिसहरू डरमा रहेको र घरमा बस्नुपर्ने बाध्यता रहेको बताए । सरकारी लकडाउनको सामना गरिरहेका अवस्थामा कोरानाबाट जोगिनको लागि विज्ञ अर्थात चिकित्सकहरुको भनाई जोड्नको लागि कार्यक्रम आयोजना गरेको उनको दाबी छ । कोरोनाका कारण स्वास्थ्य र आर्थिक स्थितिले दैनिक जीवनमा बाधा पु¥याएको छ । ‘मानिसहरूलाई महामारीको बारेमा सचेत गराउन, यसको प्रभाव र के गर्न आवश्यक छ मुद्दाहरू माथि विजय पाउन र जीवनको सामान्य तरिका संग राख्न यो कार्यक्रम गरिएको हो,’ पौडेलले भने ।
अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले कोरोनाको विषयमा विभिन्न जिज्ञासाहरु राखेका थिए । युवा जागरण (सजगता) अभियान नेपालले आफ्नो स्थापना भएको तीन बर्षदेखि सामाजिक जागरूकता कार्यक्रम, नीति बहस कार्यक्रम, सामाजिक विकास र अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्दै आएको छ । अभियानले सामाजिक मुद्दाहरूमा नजिकबाट काम गर्ने र युवाहरूलाई सशक्त बनाउन, उनीहरूलाई नेपाल भित्र आर्थिक र सामाजिक विकासको लागि संलग्न गर्नेमा केन्द्रित रहेको संयोजक पौडेलले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here