सिंहदरवार अगाडीको निषेधित क्षेत्रमा प्रदर्शन गरेका चिनियाँहरु र प्रहरी बीच झडप

0
428

काठमाडौं-बैशाख २६, काेराेना महामारीले मुलुक लकडाउनमा रहेका बेला केही चीनिया नागरिकले स्वदेश फिर्ता हुन पाउनुपर्ने माग गर्दै सिंहदरबार अगाडी  धर्ना दिन गएका थिए ।सिंहदरवार अगाडीको निषेधित क्षेत्रमा प्रदर्शन गरेका चिनियाँहरुलाई हटाउन गएका प्रहरीलाई उनीहरुले उल्टै हातपात गरेका छन्। घर फर्कन माग गर्दै प्रदर्शन गर्न गएका उनीहरुलाई प्रहरीले सो क्षेत्र निषेधित क्षेत्र भएको जानकारी दिदै प्रदर्शन रोक्न भनेको थियो।

प्रहरीले निषेधित क्षेत्रमा धर्ना जुलुस गर्न नपाइने र अहिले लकडाउन चलिरहेका बेला धर्ना बस्न नहुने भन्दै सम्झाई रहेका बेला चिनियाँ नागरिक एक्कासी आक्राेशित भई प्रहरीमाथि जाइलागेपछि दुबै पक्षबीच केही समय झडप भएको छ ।
प्रदर्शन गर्न करिब ३ दर्जन चिनियाँहरु गाडीमा त्यहाँ गएका थिए। उनीहरुलाई प्रहरीले रोक्न खोजेपछि उनीहरु प्रहरीमाथि नै जाइलागेका थिए, त्यसक्रममा दुई पक्षबीच बीच झडप समेत भएको थियो।

एकातिर लकडाउन अर्कोतिर निषेधित क्षेत्रमा आएर प्रदर्शन गरेका उनीहरुलाई रोक्न खोज्दा उल्टै आक्रमण भएपछि रोक्ने प्रयास भएको एक प्रहरी अधिकृतले बताए। त्यसक्रममा ३३ जना चिनियाँ नागरिक पक्राउ परेका छन् । चिनियाँ नागरिक र प्रहरीबीच भएको घम्साघम्सीमा महानगरीय प्रहरी वृत्त, सिंहदरबारका डीएसपी हरिबहादुर बस्नेत, एक जना महिला प्रहरी र चिनियाँ नागरिकतर्फ तीन जना घाइते भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here