सिन्धुपाल्चोकको बाह्रबीसेमा आएको भीषण बाढी तथा पहिरोका कारण ठुलो धनजनको क्षेती

0
318

काठमाडौं, असार २५ः बुधबार राती सिन्धुपाल्चोकको बाह्रबीसेमा आएको भीषण बाढी तथा पहिरोका कारण ठुलो धनजनको क्षेती भएको छ । भीषण बाढी तथा पहिरोमा परी गम्भीर घाइते भएकालाई हेलिकप्टर मार्फत उद्धार गरी काठमाडौं ल्याइएको छ।

बाढीमा परी हालसम्म दुईजनाको मृत्यु, दुईजना गम्भीर घाइते र १४ जना हराइरहेको तथा अरनिको राजमार्गसमेत अवरुद्ध भएको जनाइएको ।

उक्त बाढी पहिरोमा परी घाइते भएका अन्य चारजनाको भने स्थानीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्ले जानकारी दिए।

बाह्रबिसे नगरापलिका–५ जम्बु–मानेश्वाराँमा पहिरो तथा खहरे खोलामा आएको बाढीका कारण मृत्यु भएका एक बच्चा र एक युवकको शव फेला परेको छ । २० जना बेपत्ता भएको र उनीहरुको खोजी भइरहेको बताइएको छ ।

बाढी तथा पहिरोका कारण ११ वटा घरमा पूर्ण क्षति भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षककाफ्लेले जानकारी दिए ।

वर्षाका कारण अरनिको राजमार्ग ठाउँ ठाउँमा अवरुद्ध हुँदा घाइतेको उद्दारमा समेत ढिला भएको थियो। सडकअवरुद्ध भएका कारण सुरक्षाकर्मीको टोली समेत बिहान अबेर मात्र घटनास्थल पुगेका थिए

यस्तै बाह्रबिसे–३ मा खाकदल खोलाको बाढीले कच्ची–पक्की गरी २० घर बगाएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जानकारी दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here