स्वास्थ्य मन्त्रालय द्वारा पुष्टि : कोरोना संक्रमण बाट नेपालमा पहिलो मृत्यु

0
377

काठमाडौं – जेस्ठ ०३, नेपालमा कोरोना भाइरस बाट एक जनाको मृत्यु भएको सवास्थ्य मन्त्रालयले जनाएको छ। सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका,९ राम्चे निवासी २९ वर्षीय सुत्केरीको कोरोनाले मृत्यु भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिएका छन । नेपालमा कोरोना भाइरस बाट मृत्यु हुने उनी पहिलो व्यक्ति हुन्।

त्रिवि शिक्षण अस्पतालमा डेलिभरी को लागि भर्ना भएकी थिइन् नर्मल डेलिभरीपछि २५ गते डिस्चार्ज भएर घर गएकी उनलाई ज्वरो र स्वासप्रश्वासमा समस्या आएपछि स्थानीय अस्पतालमा उपचार गरिएको थियो। उपचार पछि विभिन्न समस्या आएपछि बिहीबार थप उपचारका लागि धुलिखेल अस्पतालमा आउँदै गर्दा उनको बाटोमा मृत्यु भएको थियो ।

अहिले उनको मृत्युपछी धुलिखेल अस्पताल र बाह्रविसे नगरपालिका वडा नम्बर ६ सिल गरिएको छ भने ति ठाउँमा भोली विज्ञ प्राविधिक टोलीले कन्ट्याक ट्रेसिङ गरी आवश्यक सबैको पीसीआर परीक्षण गर्ने सरकारको तयारी भएको जनाइएको छ ।

उनको सरिरमा समस्या आएपछि कोरोना परीक्षण गरिएको थियो उनको आरडिटि रिपोर्ट पोजिटिभ आएको थियो। त्यसपछि गरिएको पीसीआर परीक्षणको रिपाेर्ट समेत पोजिटिभ आएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here