हचुवाको भरमा त्रिविको अनलाईन कक्षा संचालन गर्ने निर्णय अनुचित विद्यार्थी नेता मोति भण्डारी

0
1104

काठमाडौं, बैशाख १४ विश्वब्यापी फैलिरहेको कोरोनाको सङ्क्रमणका कारणले देश अहिले लगडाउनमा छ जसका कारणले शिक्षा क्षेत्रमा नराम्रो असर परेको छ यस वर्षको विद्यालय र क्याम्पस तह्को पठनपाठन केही महिना धकेलिने सङ्केत देखिएको छ । सङ्क्रमण नियन्त्रणमा आएर विद्यार्थीले कक्षामै पुगेर पढ्न अझै केही महिना लाग्ने देखिन्छ जसको पूर्व तयारी बिना हचुवाको भरमा त्रिभुवन विश्वविद्यालयले अनलाइन कक्षा संचालन गर्न खोज्नु आर्थिक लाभ लिनका लागि मात्र हो बिद्ध्यार्थी नेता मोति लाल भण्डारीले भनेका छन्  ।

त्रिभुवन विश्वविद्यालयले हचुवाको भरमा अनलाईन कक्षा सञ्चालन गर्ने निर्णय गर्नु उपुक्त छैन किनकि त्यसको लागि त्रिभुवन विश्वविद्यालय संग अध्ययनरत विद्यार्थी इन्टरनेटको पहुचमा छन् वा छैनन् भन्ने एकिन डाटा नभएको तथा नेपालका धेरै क्षेत्रमा अझै पनि फोन र इन्टरनेटमा विद्यार्थीको सुलभ पहुच छैन भन्ने जानकारी हुदा हुदैपनि त्रिभुवन विश्वविद्यालयले अनलाईन कक्षा सञ्चालन गर्ने निर्णय गर्नु नौटंकी हो र यसमा ठुलै आर्थिक चखेल हुनसक्छ भनेर बिद्ध्यार्थी नेता भण्डारी ले भनेका छन् ।

प्राबिधिक तयारी बिना त्रि बि ले अनलाइन कक्षा सुरु गरेकोमा विद्यार्थी नेता मोती भण्डारी ले आपत्ति जनाए का छन । पहिला विद्यार्थीहरुलाइ ईन्टरनेट र ल्यापटप को पहुँच पुराएपछी मात्र अनलाइन कक्षा शुरु गर्न सकिन्छ !कोरोना माहामारिले देश आक्रान्त भइरहेको बेलामा विद्यार्थी हरुले राहत पाएका छैनन् कोहिले खान पाएका छैनन् ,कोहि विद्यार्थी घरमा जान आतुर छन त कसैलाई खान राहत चाहिएको बेलामा त्रि बि का पधाआधिकारिलाइ हतार हतार रूपमा अन्लाईन कक्षा सुरु गरिनु ले आर्थिक लेनदेन मा नै गरिएको हुन सक्ने धेरैले अर्थ्याएका छन् । अहिले विद्यार्थी लाई कलास भन्दा राहत आबस्यक भएको विद्यार्थी नेता भण्डारी ले बताए ।

त्रिभुवन विश्वविद्यालयले पहिला अप्ठारोमा परेका बिद्ध्यार्थी लाइ राहत को बेबस्था गरोस जसका कारणले गर्दा बिद्ध्यार्थी हरुलाई राहत मिलोस भोकभोकै बस्न नपरोस अनि मात्र अनलाइन को पूर्व तयारि गरि बिद्ध्यार्थी हरुलाई इन्टरनेट र ल्यापटपको सुलभ बेबस्था गरेर समग्र बिद्ध्यार्थीको हितलाइ मध्य्नजर गर्दै गहिरो अध्ययन गरेर औचित्य पुष्टि हुनेगरी सबैका लागि शैक्षिक पहुँच स्थापित हुने गरि ब्यवस्था गरिनुपर्ने नेता भण्डारीले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here